तेक्वान्दो टोली हङकङ गयो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

२० औं एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली बिहीबार हङकङ प्रस्थान गरेको छ।
 
जनवरी ९ देखि १० तारिखसम्म हुने प्रतियोगिताको महिला ८० केजीमा निशा रावल, ६२ केजीमा संगीता बस्याल, ३३ केजीमा सन्जिला तिमल्सिना र ४६ केजीमा एन्जिला योञ्जनले प्रतिस्पर्धा गर्ने छन्।
 
पुरुषको ६८ केजीमा विकेश विडारी, ४५ केजीमा प्रनिश गुरुङ र ३३ केजीमा पुजन खड्काले सहभागिता जनाउने छन्। पुरुषको पुम्सेमा कविराज नेगी लामाले आफ्नो कौशल प्रदर्शन गर्ने छन्।
 
टोली नेतामा नोर्बु लामा, व्यवस्थापकमा बद्री घिमिरे तथा प्रशिक्षकमा कुमार लामा घिसिङ छन्। टोलीलाई सफलताको शुभकामना दिदै नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, मुख्य प्रशिक्षक ध्रुव गुरुङलगायतले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment