चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घटे, गत वर्षको तुलनामा ५० प्रतिशत कमी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



चितवन, माघ ११ । पर्यटकीय मौसममा समेत नाकाबन्दीका कारण चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा कमी आएको छ ।
मुख्य पर्यटकीय याम मङ्सिर–पुस महिनामा गत वर्षको तुलनामा पर्यटकको सङ्ख्या ५० प्रतिशत घटेको छ । पुसमा आठ हजार २२ जना पर्यटक मात्रै निकुञ्ज प्रवेश गरेका छन् । निकुञ्ज आउने पर्यटकमा विदेशी तीन हजार छ  सय ३९, सार्क
राष्ट्रका ४ सय १९ र नेपाली तीन हजार ९ सय ६४ जना रहेका छन् । भित्रिएका पर्यटकमा चार हजार २१ पुरुष र चार हजार एक महिला रहेको निकुञ्जले जनाएको छ । गत वर्षको पुसमा आठ हजार ८ सय ८७ विदेशी, दुई हजार ४ सय ८६ सार्क र पाँच हजार तीन सय ४१ नेपाली पर्यटक गरी १६ हजार ७ सय १४ पर्यटक निकुञ्ज प्रवेश गरेका निकुञ्जका रेन्जर ऋषिराम ढकालले जानकारी दिए । यसवर्ष पुसमा रु ८८ लाख २१ हजार राजस्व सङ्कलन भएको छ भने गत वर्ष यही समयमा रु दुई करोड ४४ लाख ४९ हजार राजस्व सङ्कलन भएको थियो । (रासस)

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment