मधेसमा अभियान सद्भाव र एकताका लागि:युवा सङ्घ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



युवा सङ्घ नेपालले सङ्घद्वारा मधेसमा जारी अभियान सामाजिक सद्भाव र एकताका लागि भएको जनाएको छ। 
 
युवा सङ्घ नेपाल गण्डकी अञ्चल कमिटीद्वारा सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सङ्घका अध्यक्ष राजीव पहारीले नयाँ संविधानका उपलब्धिबारे जानकारी गराउने र संविधानका सम्बन्धमा व्याप्त भ्रम हटाउँदै समग्र राष्ट्रको एकता र सद्भावका लागि अभियान सञ्चालन गरिएको जानकारी दिए। 
 
अभियान कसैको प्रतिरोधका लागि नभएको स्पष्ट पार्दै अध्यक्ष पहारीले भने–“अभियानले राष्ट्रलाई जटिलताबाट पार लगाउन महत्वपूर्ण सहयोग पु¥याउँछ र मधेसमा सचेतना अभिवृद्धिका लागि यो उपयोगी बन्दछ।” 
 
सङ्घले मधेसमा जागरण अभियानअन्तर्गत निरन्तर कार्यक्रम गर्दैआएकामा रङ्गेलीको कार्यक्रम पनि पूर्ववत् रुपमा तय भएको गरिएको उनको भनाइ छ। 
 
रङ्गेलीमा शान्तिपूर्ण कार्यक्रमलाई बिथोल्न प्रयास गरिएपश्चात भएको घटना दुखःद भएको उल्लेख गर्दै उहाँले कार्यक्रम गर्न सर्वदलीय सहमति समेत भइसकेको अवस्थामा शान्तिपूर्ण कार्यक्रमलाई अनाहकमा बिथोल्ने प्रयास भएको बताए। 
 
मधेस समस्याको समाधानका साथै देशमा व्याप्त कालोबजारी, अनियमितताका सम्बन्धमा सङ्घले सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष पहारीले बताए। 
 
कार्यक्रममा सङ्घका अञ्चल अध्यक्ष नवराज ओझा, उपाध्यक्ष महेन्द्र गुरुङ र कोषाध्यक्ष थमनारायण ढकाललगायतले सामाजिक र सद्भाव र एकताका लागि मधेसमा सङ्घले सञ्चालन गरेको अभियानले संविधानका सम्बन्धमा पारिएका भ्रम चिर्दै दलहरूबीचको संवाद र समस्याको समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए। रासस 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment