न्युरोडबाट कसरी चोरियो डेढ किलो सुन ?

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पोखरामा ९३ तोला सुन सहित चिरन्जिवी समातिएपछि प्रहरीले सार्वजनिक गर्दै
काठमाडौंको न्युरोडस्थित लक्ष्मी सुनचाँदी गहना पसलबाट यही पुस १२ गतेराति डेढ किलो सुन चोरी भयो। सुन व्यवसायी विष्णु रिजालले सुन हराएको भन्दै त्यसको भोलिपल्ट महानगरीय अपराध महाशाखाका उजुरी हाले। प्रहरीले १० दिनपछि चोरीमा संलग्न ४ जना पक्राउ गर्‍यो। काठमाडौंबाट ३ जना र पोखराबाट १ जना पक्राउ परे। काठमाडौंमा ३ जनालाई समात्ने क्रममा प्रहरीले गोली नै चलाउनु पर्‍यो।
कसरी चोरे सुन
महानगरी अपराध महाशाखाका डिएसपी मकुन्द मरासिनीका अनुसार म्याग्दी रुम गाबिसका दिलबहादुर पुन, चिरन्जिवी पुन, नुवाकोट महाकालीका उमेश तामाङ र गोरखा धावाका सन्तोष बलयकोटी मिलेर सुन चोरी गरेका हुन्। उनीहरूले सुन चोरी गर्ने विषयमा २ साता अघि नै योजना बनाई सूचना संकलन गरिरहेका थिए।
 
सुन व्यवसायीले सुन पसलको लकरमा नै राख्ने, लकरको साँचो साहु मालिकले नै बोक्ने गरेको उनीहरुले पत्ता लगाएका थिए। उनीहरूले सुन व्यवसायी रिजालको बुद्धनगरमा रहेको घरको पनि सबै जानकारी लिएका थिए। यही पुस १२ गते राति ४ जना मिलेर रिजालको घरमा गए।
 
साढे ३ तल्लाको घरमा उनीहरु पछाडिबाट माथि चढे। छत हुदैँ उनीहरु भित्र छिरे । माथिल्लो तल्लामा उनीहरुले दराज खोले। त्यहाँबाट ३८ हजार रुपैयाँ निकाले। त्यसपछि उनीहरू रिजाल सुतेको कोठामा छिरे।
 
रिजालले लकरको साँचो ज्याकेटमा हालेको उनीहरुले साँझ नै पत्ता लगाएका थिए। यसरी चोर छिरेर ज्याकेटको साँचो ल्याउँदा पनि रिजालले पत्तो पाउन सकेनन्। ज्याकेटमा रहेको साँचो निकालेर उनीहरु १ बजे न्युरोडमा रहेको सुन पसलमा आए। सटर खोले, भित्र पसे। फेरि सटर लगाए अनि एक घन्टा लगाएर उनीहरुले फुर्सदिलो पाराले तकर खोल्दै डेढ तोला सुन चारेको डिएसपी मरासिनीले बताए।
चारेको सुन लिएर उनीहरु पोखरा गए। पोखरामा ९३ तोला सुन सहित चिरन्जिवी समातिएपछि अरु ३ जना त्यहाँबाट भागे। गोंगबुको एक गेष्ट हाउसमा बसेका उनीहरुलाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्ने क्रममा उनका साथीभाईले प्रहरीमाथि आक्रमण गरे। जवाफमा प्रहरीले पनि एक राउण्ड गोली चलायो। उनीहरू ३ वर्ष म्ययाग्दीमा जेल बसेर छुटेका व्यक्तिहरु हुन्। म्याग्दीको बेनीमा भएको महोसत्वमा उनीहरुले लुटपाट गरेका थिए।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment