हवाई इन्धन सहज बन्दै, मूल्य घटाउने तयारी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


पुस २३, २०७२- भारतले लगाएको अघोषित आर्थिक नाकावन्दी कारण हवाई इन्धन (एटीएफ) आपुर्तीमा भइरहको असहजतामा सुधार देखिन थालेको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको आयल निगमको डिपोले हवाई इन्धन आपुर्ती सहज हुन थालेपछि यस्को मूल्य घटाउन तयारी गरेको छ । 'नाकावन्दीअघि प्रति लिटर १ सय १८ रुपैया पर्ने एटीएफको मूल्य २ सय ३३ पुर्‍याएका थियौ, अब केही दिनभित्रै १ सय ६० देखी १ सय ७० रूपैयासम्म तोक्ने तयारी गरीरहेका छौ,' विमानस्थलमा रहेको निगमको डिपो प्रमुख प्रदीपकुमार यादवले भने । उनले एटीएफको मूल्य घटाउन निगमको केन्दि्रय कार्यालयमा लिखित प्रस्ताव पठाइ सकेको बताउदै २/३ दिनभित्र हवाई इन्धनको मूल्य घटाउने बताए ।  
नाकावन्दीका कारण एयरलिफ्टीङ्ग मार्फत भारतको लखनउ र कोलकत्ताबाट इन्धन आयत गर्नुपरेपछी निगमले गत कार्त्तिक २३ गतेदेखी १ सय १८ रुपैया प्रतिलिटरमा बिक्रि गरीरहेको इन्धनमा १ सय १५ रुपैयाँ बढाई २ सय ३३ रुपैयाँ पुर्‍याएको थियो । निगमले इन्धनको बिक्रि मूल्य बढाएपछी आन्तरिक विमानहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले लगत्तै देशभरका सबै आन्तरिक हवाई रुटको चलिरहेको भाडालाई झन्डै दोब्बर पुर्‍याएको थियो । संघले त्यसताका काठमाडौंबाट धनगढीको नर्मल भाडा १० हजार ८ सय २५ लाई १५ हजार ५ सय ९५, नेपालगन्जको ८ हजार १ सयलाई ११ हजार ६ सय ९०, विराटनगरको ६  हजार ४ सय ९५ लाई ८ हजार ९ सय ५५, भद्रपुरको ७ हजार ४ सय ८० लाई १० हजार ८ सय ७० रुपैयाँ पुर्‍याएको थियो ।
डिपोका अनुसार, यतिबेला दैनिक ४० हजार लिटर तराईका नाकाबाट सडकमार्ग हुदै हवाई इन्धन आइरहेको छ भने पेट्रोलिम्याक्सले दैनिक ८० हजार लिटर हाराहारी हवाई इन्धन जहाजबाट आयत गरिरहेको छ । सडकबाट आयत भइरहेको इन्धनको परल मूल्य प्रति लिटर ७० रुपैया हाराहारी पर्छ भने जहाजबाट आयत भएको इन्धनको परल मूल्य २ सय ३३ रुपैया हाराहारी पर्छ । निगमले यी दुबै मुल्यको औशत दर निकाल्दै मूल्य घटाएर १ सय ६० देखी १ सय ७० रुपैया प्रति लिटर बिक्रि गर्ने तयारी गरेको हो ।
यसैबिच निजी क्षेत्रकातर्फबाट पहिलोपटक मंसिर ३ गतेदेखि हवाई इन्धन ल्याउने पेट्रोलिमेक्सले विहीबारसम्म २३ लाख लिटर हवाई इन्धन ल्याइसकेको छ । निगमसँग ३० लाख लिटर इन्धन ल्याउने सम्झौता गरेको पेट्रोलिम्याक्स नेपाल प्रालिले अब ७ लाख लिटर हवाई इन्धन ल्याउन बाकि छ । यस्ले जोर्डन एयरको विमान भाडामा लिई इन्धन आयत गरीरहेको छ ।
त्यसैगरी नाकावन्दी भएको १५ दिनपछी भारतको कोलकत्ताबाट निगम र आफ्ना जहाजकालागी हवाई इन्धन आयत गरीरहेको नेपाल वायु सेवा निगमले हालसम्म १५ लाख ७४ हजार लिटर इन्धन ल्याइसकको छ । इन्धन आपुर्ती सहज हुदै गएपछी उस्ले केही साता अघिनै आयत रोकी पनि सकेको छ । त्यसैगरी निगमले काठमाडौं बाहिरका सबै विमानस्थलमा पनि इन्धन आपुर्ती सहज हुदै गएको जनाएको छ । तर, विदेशी विमानहरुलाई भने इन्धन बिक्रि खुला भएको छैन । असोज ११ देखी लगाइएको नोटम हालसम्म जारी नै छ । तर आपतकालिन अवस्थामा भने डिपोले  विदेशी विमान कम्पनीहरुलाई इन्धन बिक्रि रोकेको छैन ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ वटा स्वदेशी तथा २४ वटा विदेशीगरी २६ वटा वायुसेवाले १३ मूलुकका २३ वटा गन्तव्यमा उडान भर्दै आएकाछन । भने ७ वटा हेलिकप्टरसहित १६ वटा नेपाली वायुसेवाहरुले मुलुकभरका ३२ वटा विमानस्थलसहितका स्थानमा सेवा प्रवाह गरीरहेका छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment