भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
पूर्वका दर्जनौ पर्यटकिय स्थलमा यतिबेला वनभोज खाने र रमाईलो गर्नेको
घुँइचो लाग्ने गरेको छ। सबै उमेर समूहका मानिस वनभोजमा रमाउन झापाका
दर्जनौं यस्ता स्थानमा आउने गरेका छन्।
सार्वजनिक बिदा होस् या साप्ताहिक बिदा नै किन नहोस् आमाका पुठ्युँमा
च्यापेर लगिने केटाकेटीदेखि लौरो टेकरै पुग्ने बृद्धबृद्धाको वनभोजमा
सहभागीता उत्तिकै छ। गीत बजाएर नाच्नेदेखि लिएर क्रिकेट, फुटबल, भलिबल,
डण्डीबियोजस्ता खेल खेलेर पनि रमाउने बुढापाको सङ्ख्या पनि उत्तिकै छ।
झापाको सतासीधाम, दोमुखा, चिल्लागढ पोखरी, धनुषकोटी धाम, जामुनखाडी,
केचना, बर्ने, किच्चकवध लगायतका पर्यटकीय क्षेत्रमा वनभोज खानेको भीड छ। यी
स्थानमा आउने अधिकांस पिकनिके बिदाको मौका छोपेर आउने गरेका छन्।
शनिबार र सार्वजनिक बिदाको दिन यी स्थान पिकनिकेले ढपक्कै छोपेको बताउँछन्
स्थानीय बासिन्दा। झापा मात्र होइन मोरङको बेलबारीस्थित बेतना सिमसार,
उर्लाबारीको बेतिनि सिमसार, टाँडीको चुली पोखरी, भोगटेनीको राजारानी पोखरी
लगायतका स्थानहरु सार्वजनिक बिदाको दिनमा भिड लाग्ने गरेको छ।
पूर्वका यी स्थानमा टाढाटाढाबाट पनि बनभोज का लागी मानिस आउने गरेको दोमुखा
धार्मीक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष धनप्रसाद लावतीले बताए। उनले
भने, 'मधेस आन्दोलनले अलिकति पनि हल्लाएन झापाका पर्यटकिय क्षेत्रलाई। गत
वर्षको यो अवधिमा सिराहा , सप्तरी, सुनसरी र मोरङबाट पिकनिक खान आउनेको
संख्या यो वर्षको असोजदेखि पुसको दोश्रो सातामा झण्डै बराबर छ।'
उनले भने, 'असोजदेखि चल्ने वनभोज जेठसम्म उत्तिकै चल्छ। दोमुखामा
शनिबारमात्र सुनसरीबाट ५, सप्तरी २ र मोरङ्गबाट १४ टोली आएको उनले बताए।
उनका अनुसार शनिबार बिदाको मौका छोपेर अधिकांश विद्यालयका शिक्षकशिक्षिका,
विद्यार्थी र सरकारी तथा गैह्रसकारी सघ संस्थाका कर्मचारी वनभोज खाएर
रमाइलो गर्न दोमुखा आउने गरेका छन्।
उनले भने, 'कहिलेकाँही त वनभोज खाने स्थान नै पाउँदैनन्।'
टाढाबाट ढिलोगरी आउनेका लागी दोमुखामा स्थान पाउनहम्मे हुने गरेको उनले
सुनाए। समितिका अनुसार शनिबारमात्र दोमुखामा ५० देखि माथि झापा बाहिरका
बनभोजका टोलि आएका हुन्छन्।
दोमुखामा भने प्राकृतिक मनोरम दृष्य, कन्काई नदीमा पौडी खेल्ने, कन्काईमा
भएका जलचर हेरेर रमाउने र एकान्त वातावरणमा कारण वनभोज खाने र रमाइलो गर्ने
समूहको भीड लाग्ने गरेको अध्यक्ष लावतीले बताए। यो क्षेत्र झापाको
माईधारदेखि करिब ५ किलोमिटर चुरे पहाडको फेदीमा छ।
डुङ्गा लगायत मनोरञ्जनात्क स्थान, लोपोन्मुख प्रजातिका जनावार र झोलुङ्गे
पुल भएकाले वनभोजको लागि जिल्लाको जामुनखाडी सीमसार क्षेत्र वनभोजमा
रमाउनेका लागि पुर्वकै अर्को आकर्षक गन्तव्य बन्न थालेको छ। सरकारले पर्यटन
प्रबर्द्धनका लागि वर्षेनि बजेट दिन थालेपछि जामुनखाडी सिमसारको
स्तरोन्तति हुनथालेको स्थानीयबासी बताउँछन्। जामुनखाडी क्षेत्रमा पनि
यतिबेला दिनहुँ ५ हजार र बिदानको दिन २० हजार बढी मानिस बनभोज खान आउने
गरेको समितिले जनाएको छ।
यता जिल्लाको अर्को धार्मिक तथा पर्यटकिय क्षेत्र सतासीधाममा पनि विगतभन्दा
पिकनिक खाने समूहको उल्लेख्य भिड लाग्ने गरेको छ। समितिका सचिव उदयप्रकास
राईले सतासीधामको महिमा बुझ्ने र प्राकृतिक दृश्यावलोकन गर्नेको यो
क्षेत्रमा भिड लाग्ने गरेको बताए। श्रीमद् भागवत गीता र अन्य धार्मीक
ग्रन्थमा यस क्षेत्रको महिमा बर्णीत भएकैले पनि यहाँ आउने पिकनिके धार्मिक
स्वभावका हुने सताक्षीधाम मन्दिर बिकास समितिले जनाएको छ।
सताक्षीधाम पुर्वपश्चिम राजमार्गको झिलझिले बाट साढे ४ किलोमिटर दुरीमा छ।
सतासी खोला, शीरमा रहेको झरना, देवदेवताका आकृति देखिने ढुङ्गा, मठ मन्दिर र
चुरे पहाडले तीनतिरबाट घेरिएको सताक्षीधाममा यतिबेला गौशाला स्थापना भएर
अर्को बिषेसता थपिएको स्थानिय बासी बताउँछन्।
बिर्तामोडबाट वनभोज खान आएर सतासीखोलाको तिरमा क्रिकेट खेल्दै गरेका शुरेस
बंसलले भने, 'हामी फेमिली पिकनिक आएका हौं, पूर्वमा यतिको शान्त र सुरक्षित
वनभोज स्थल छ भनेर थाहा पाएकै थिएनौं।'
उनकै भनाइलाई जोड्दै बिर्तामोडका स्यामसुन्दर अग्रवालले भने, 'यो क्षेत्रको
विकासका लागि स्थानीय जुटेको पायौँ। अब बिजुली र खानेपानि अनि फोहोर
व्यवस्थापन भए सतासीधाम उत्कृष्ट पर्यटकिय क्षेत्र बन्न सक्छ।सतासीधामको
अर्को प्राचिन चिल्लागढ पोखरी पनि यति बेला वनभोज खानेको शुरक्षीत
गन्तव्यको रुपमा विकसित हुँदैछ।
यता पुर्वीमोरङको चुलीपोखरी र राजारानी पोखरी पहाडी इलाकामा भएका कारण
प्रकृतिसँग रमाउने र घुम्नेहरुको लागि आकर्षक गन्तब्य बन्ने गरेको छ।
प्रचार अभावका कारण टाढा वाट यस स्थानमा बनभोज खान आउने को संख्या कम
भएपनि स्थानीय रुपमा भने यति बेला सो स्थानमा भिडनै लाग्ने गरेको छ।
चिल्लागढ पोखरी संरक्षण समितिका चन्द्र लिङ्गदेनका अनुसार धार्मिक ग्रन्थमा
पनि चिल्लागढ पोखरीको महिमा बताइएको छ। तर ,प्रचार प्रसार नहुदा यो
क्षेत्र टाढाबाट आउनेका लागी दुर्गम स्थानको रुपमा लिने गरीएको छ।
पूर्वपश्चिम राजमार्गको सतासीधामको संगम चौक बाट करीव ३ किलोमीटर दक्षीणमा
रहेको सो पोखिरी कन्काई नदिको पश्चिम किनारमा रहेको छ।
यस्तै दोमुखाको पूर्वीतटिय धनुषकोटी धाम पनि यतिबेला पिकनिक खाने समूहको
जमघट हुने क्षेत्रको रुपमा बिकसीत हुन थालेको छ। पूर्व पश्चिम राजमार्गबाट
४ किलोमिटर उत्तर चुरेको फेदमा रहेकाले पनि यो क्षेत्रको निकै महत्व
रहेकेा धाम बिकास समितिले जनाएको छ।
0 comments:
Post a Comment