जब गर्लफ्रेन्ड भेटे तब....‘फिल्मको रिल'झैँ घुम्यो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


फोटो :एजेन्सी
एजेन्सीः लामो सयमसम्मको सम्झना हाम्रा लागि जरुरी कुरा हो । कुनै मौकामा जब हामीलाई कुनै याद आउँदैन तब हामीलाई धेरै झन्झट हुन्छ । 
 
हामी यस्ता मानिसलाई देखेर भन्ने गछौं–‘आहा ! हाम्रो पनि यस्तै सम्झने शक्ति भए त ।’ तर, यदी तपाईंलाई केही नभुली सम्झनामात्रै आयो भने के होला ? तपाईं भन्नुहोला यो सम्भव छैन । 
जुन कुरा देख्यो, सुन्यो, गर्यो‍ त्यो सव सम्झनामा आओस् । दुनियाँमा यस्ता मानिस पनि छन् । जसले आफूले गरेका कुनै कुरा नभुली सम्झने गर्छन् । 
 
अब तपाईंले सोच्नुहोला कि उसलाई वरदान मिल्यो । तर, यस्तो सम्झना शक्ति भएका मानिसहरु भने यसलाई अभिशाप ठान्छन् । 
 
यस्तै क्षमतावान व्यक्ति छन् निमा विसेह, उनी १५ वर्ष अघिदेखिको आफ्नो जीवनका सम्पूर्ण घटना सम्झन सक्छन् । 
 
वैज्ञानिकहरु यसलाई ‘सपरियर अटो–बायोग्राफिकल मेमोरी’ या छोटकरीमा ‘एचएसएएम मेमेरी’ भएका मानिस भन्ने गर्दछन् । 
 
विसेह आफैं भन्छन् उनको दिमागमा भिडियो टेप राखेको जस्तै छ । जब चाह्यो सम्झिँदा पुराना घटनाक्रम फिल्म जस्तै आँखा अगाडि चल्न थाल्छन् । 

यहाँसम्म की कुनै खास मितिमा उनले कुपडा लगाएका थिए, केमा सवार गरेका थिए, मेट्रो वा बसमा कुन सिटमा बसेका थिए त्यो सबै भन्न सक्छन् । 
 
यो स्मरणशक्ति विसेहले पाएको जन्मजात गुण भने हैन । सन् २००० को डिसेम्बर १५ मा उनी आफ्नो साथीको जन्मदिनको अवसरमा आयोजना गरिएको पार्टीमा जाँदा उनले पहिली ‘गर्लफ्रेण्ड’ लाई भेट्टाएका थिए । 
 
तब यस्तो स्मरणशक्तिको उपहार पाए । त्यसपछि अहिलेसम्म उनले हर कुराकानी तथा क्रियाकलाप सम्झने गरेका छन् । 
 
यो चमत्कारको पछाडि आफ्नो पहिलो प्रेमिकाको हात छ वा अन्य कुनै कारण त्यसबारे उनलाई पनि थाहा छैन । 
 
तर, यस्तो भयो कि कसैले दिमागमा गियर लगायो तब, सम्झनाशक्तिको रफ्तार बढ्यो । यस्तो सम्झनाशक्ति राख्नेहरुका बारेमा न्यूरो वैज्ञानिकहरुका लागि चाखलाग्दो विषय बन्यो । 
 
उनीहरुले यो असाधारण क्षमता कहाँबाट आउँछ । यदि यसको बारेमा जान्न सकियो भने अन्य मानिसहरुको सम्झनाशक्ति बढाउन सकिन्छ भनेर खोजी गरे । 
 
एनएसएएम अर्थात सम्झनाशक्तिको असाधारण क्षमताबारे भएको चर्चा धेरै पुरानो हैन । २१ औं शताब्दीको सुरुवातमा सम्झनाशक्ति बढी भएका असाधारण क्षमताका मानिस आफै वैज्ञानिकको नजिक आएर आफ्नो क्षमताबारे जानकारी दिएका थिए । 
 
विसेहजस्तै क्षमता भएकी अर्की महिला छन् । उनको नाम जिल प्राइस हो । उनले सम्झनाशक्तिबारे अनुसन्धान गर्ने ‘जिम मैक्गाङ’ लाई इमेल गरिन । 
 
उनले भनिन्, ‘मलाई आफू १२ वर्ष भएदेखिको सम्पूर्ण कुराको सम्झना छ ।’ मैक्गाङलाई सुरुमा त यो दाबी सही लागेन र उनको कुरा पत्याएनन् । 
 
त्यसपछि उनले जिललाई आफ्नो ल्याबमा बोलाएर अलग अलग मिति दिएर उसदिन भएका घटनाको बारेमा भन्न लगाए । तब उनी छक्क परे जब जिलले हरेक समय सही जवाफ दिइन् । 
 
चाखलाग्दो कुरा के छ भने जिल प्राइसले पुराना कुराहरु सबै डायरीमा नोट गरेर राखेकी छन् । जसका कारण वैज्ञानिकहरुलाई उनले जवाफ मिलाएको पत्ता लगाउन सहज भयो । 

जिलबारेमा केही वर्ष अनुसन्धान गरेपछि उनलाई बैज्ञानिकहरुले एक पटक सोधे उनी कहिले र कतिपटक ल्याबमा आइन् । 
 
जिलले यसको पनि सटिक जवाफ दिएर वैज्ञानिकहरुलाई चक्मा खुवाइदिइन् । यहाँसम्म कि अनुसन्धान गर्नेहरुलाई नै पनि सही मिति थाहा थिएन । 
 
यस्तो असाधारण क्षमताबारे अनुसन्धान ल्याबबाट कुरा बाहिर आयो । सञ्चारमाध्यमले यस विषयलाई कडारुपमा उठाए । धेरैले फिल्म नै बनाए । सच्चाई यही थियो कि लामो समयदेखिका पुराना याद सबैसँग हुन सक्नु कसैको बहसको विषय हैन । 
 
असाधारण क्षमता भएका उनीहरुमध्ये केहीले सम्झनाशक्तिबारे अनुसन्धान गरिरहेका अमेरिकाको क्यालिफोर्निया विश्वविद्यायय वैज्ञानिकसँग सम्पर्क गरे । 
 
वैज्ञानिकहरुले सोधेको प्रश्नको पनि उनीहरुले सही जवाफ दिए । धेरै अनुसन्धानपछि असाधारण स्मरण शक्ति भएका मानिसहरु पनि हामीजस्तै हुन्, उनीहरुले भने भर्खरै घटेका घटनाहरु भने भुल्ने गरेका छन् । 

अमेरिकाको सदर्न मिसीसिपी विश्वविद्यालयमा सन् २०१३ मा यस विषयमा एक अनुसन्धान भएको थियो । जुन अनुसन्धानमा गज्जबको स्मरणशक्ति भएका मानिसहरुले पाँच मिनेट अघि भएको घटना भने भुलेका थिए । 
 
उनीहरुले विगतको कुरा सम्झिएपनि तत्कालको कुरा भने बिर्सने गरेका छन् । बढी स्मरण शक्ति हुनेको नोक्सान पनि छ । 
 
कति विर्सन चाहेका घटना बारम्बार सम्झनामा आउने गर्दछन् । चाहेर पनि उनीहरुले भुल्न पाउँदैनन् । यो जानेपछि अब तपाईं नै भन्नुहोस, ‘बढी स्मरण शक्ति हुनु, बरदान कि अभिशाप ???’ –बीबीसीबाट

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment