भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
नेपाली कांग्रेसको हाल चलिरहेको क्षेत्रीय अधिवेशनमा प्युठान क्षेत्र नं. २ बाट फिल्म निर्माता तथा अभिनेता रोज राणा विजयी भएका छन् । १५१ मत ल्याउँदै उनले प्रतिद्वन्दी ध्रुब गौतमलाई ६७ मतान्तरले पराजित गरेका हुन् ।
खास नाम ‘सरोज थापा’ भएका तर, फिल्म क्षेत्रमा रोज राणा नामले चिनिने उनी लामो समयदेखि राजनीतिमा सक्रिय छन् । उनी विवादित छविका कारण पनि चर्चित छन् ।
खलनायक, डन, दोस्ती, दादागिरी, टक्कर दुई मुटुको, म छु नि तिम्रोलगायत फिल्म निर्माण तथा अभिनय गरेका राणा पछिल्लोपटक बिराज भट्टलाई ‘परशुराम’बाट कमब्याक गराउने तयारीमा छन् । माघ १ गतेबाट छायांकनमा जाने भनिएपनि फिल्मको छायांकन अझै सुरु भएको छैन ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment