‘साग’ मा गौरिकाको किर्तीमानी ह्याट्रिक, तारादेवीले जितिन् कास्य

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

गुवाहाटी– भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपालकी पौडीवाज गौरिका सिंहले मंगलबार कांस्य पदक जितेकी छिन् । ४०० मिटर फ्रि स्टाईल अन्तर्गत तेस्रो कांस्य जित्दै गौरिकाले आफ्नो ह्याट्रिक पुरा गरिन् । गुवाहाटी स्थित डा. जाकिर हुसैन इक्वेटिक कम्प्लेक्समा भएको प्रतिस्पर्धामा उनले चार सय मिटरको दुरी ४ मिनेट ४० दशमलव ९३ सेकेन्डमा पुरा गरेकी थिइन् ।
Gaurika Sing 1-001
आईतबार देखी लगातार कांस्य पदक जित्न थालेकी सिंहले आफ्नो जितको श्रृङ्खला लाई मंगलबार सम्म निरन्तरता दिईन् । यसअघी उनले ब्याक स्टोक अन्तर्गत एक सय मिटरको दुरी १ मिनेट सात दशमलव ३१ सेकेन्डमा पुरा गर्दै कांस्य पदक जितेकी थिईन् । त्यस्तै २ सय मिटर ब्याक स्टोकमा पनी उनले कांस्य जितेकी थिईन् । दुई सय मिटर ब्याक स्टोकमा पदकसँगै उनले आफनै नाममा रहेको राष्ट्रिय रेकर्ड पनी ब्रेक गरेकी छिन् । यसअघी १०० मिटर ब्याक स्टोकमा उनको नाममा १ मिनेट ८ दशमलव १२ सेकेन्डको राष्ट्रिय रेकर्ड थियो । बाह्रौ सागमा उनले १०० मिटर बटरफ्लाईमा पनी नयाँ रेकर्ड कायम गरेकि छिन् । इंगल्याण्डमा सात कक्षामा अध्ययनर सिंह त्यही पौडीको अभ्यास गर्दै आएकी छिन् ।
उसुमा रजत
भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत उसुमा नेपालका विश्व बुढामगरले रजत पदक जितेका छन् । मंगलबारको खेलमा उसुको कुन्चुतर्फ बुढामगरले कांस्य जितेका हुन् । फाईनमा उनी भारतिय खेलाडी चिराग शर्माभन्दा ०.३० अंकले पछि परेका थिए । मगरले ९ दशमलव ०१ अंक प्राप्त गर्दा स्वर्ण चुमेका चिरागले ९ दशमल ३१ अंक प्राप्त गरे ।
त्यस्तै उसुकै सरोज पुनले कास्य पदक जितेका छन् । सान्सौंको ६५ केजी तौल सुमह अन्तर्गत मंगलबार सिलोङमा भएको सेमीफाइनल उनले कांस्य जितेका हुन् । उनी अफ्गानी खेलाडी सेकिव हैदरीसँग पराजित भएका थिए ।
तारादेवीले जितीन् कांस्य
नेपाली स्ट्रोङ वुमेन उपमा पाएकी भारोत्तोलन खेलाडी तारा देवी पुनले कांस्य पदक जितेकी छिन् । मंगलबार गुवाहाटी स्थित भोगेश्वर फुकानी इन्डोर स्टेडियममा भएको प्रतिस्पर्धामा ताराले ७५ केजी माथिको तौल समुहमा कांस्य जितेकी हुन् । तारादेवी र बंगलादेशकी खेलाडी निशा खातुनले समन १६५ केजी भार बहन गरेपनी शारिरीक तौलका आधारमा तारादेवी कांस्य जित्न सफल भएकी हुन् । ताराको शारिरीक तौल ७५ केजी हुँदा निशा खातुनको ७७ केजी थियो । ताराले स्न्याचतर्फ ७० र क्लिन एण्ड जर्क तर्फ ९५ केजी भार बहन गरेकि थिइन् । ‘रतज जित्न चाहन्थे, तर १०३ केजी उठाउँनै सकिँन्’ ताराले भनिन्, ‘गुरुहरुले मेहनत गर्नुभएको थियो, सागमा कांस्य जित्न पाउँदा पनी खुसी छु ।’
टेवलटेनिस
मंगलबार भएको टेबलटेनिस प्रतिष्पर्धामा नेपालले काश्य पदक प्राप्त गरेको छ । महिला तर्फको टिम इभेन्टमा भारतसँग भएको प्रतिष्पर्धामा नेपाल ३÷० को सेटमा पराजित भएको थियो । भारतसँग ११–५, ११–६ र ११–७ ले पराजित भएपनी नेपालले कांस्य पदक प्राप्त गर्यो । भारत प्रतियोगीताको फाईनमा पुगेको छ । टेबलटेनिसमा सेमी फाइनलमा पराजित भएपनि काश्य पदक दिइन्छ । महिला डवल स्पर्धामा नेपाली खेलाडीहरु नविता श्रेष्ठ र एलिना महर्जनले प्रतिस्पर्धा गरेका थिए ।
महिला भलिवलमा कांस्य
१२ औं सागमा नेपाली महिला भलिबल टोलीले कांस्य पदक जितेको छ । इन्दिरा गान्धी स्टेडियमको कोर्टमा मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँंदै कांस्य पदक जितेको हो । माल्दिभ्सबिरुद्ध हावी देखिएको नेपालले २५–२०, २५–१३, २५–१४ को नतिजा निकालेको थियो । नेपाली महिला भलिबल टोलीले सागमा कांस्य पदक जितको यो दोस्रो पटक हो । यसअघि नेपालले कोलम्बोमा सन् २००६ मा सम्पन्न १० औं संस्करणमा कांस्य पदक जितेको थियो । पुरुष भबिलमा भने नेपाल यसअघिनै बाहिरि सकेको छ ।
नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले श्रीलंकासँगको हारले गर्दा नेपालले फाइनल यात्रा चुकाएकोे बताए । उनले भने, ‘समग्रमा महिला भलिबल टोलीको प्रर्दशन उत्कृष्ट प्रदशृन गरेको छ ।’
आर्चरिमा ऐतिहासिक सफलता
१२ औं सागमा नेपालले आर्चरी तर्फ ऐतिहांसिक सफलता हात पारेको छ । व्यक्तिगत स्पर्धामा पहिलोपटक कांस्य पदक हात पार्दै आर्चरी खेलाडी प्रेम प्रसाद पुनले ईतिहास रचे । आर्चरीको पुरुष तर्फको व्यक्तिगत स्पर्धामा प्रेम प्रसादले श्रिलंकाका खेलाडीलाई ६–० ले पछी पारेका थिए । यसअघी नेपालले टिम इभेन्टमा पदक जितेपनि व्यक्तिगत स्पर्धामा पदक जित्न सकेको थिएन ।
खोखोलाई दुई कांस्य
खोखोमा नेपालले दुई कांस्य जितेको छ । गुवाहाटीमा भएको खेलमा महिलातर्फ नेपालले श्रिलंकालाई २०–४ को अन्तरले हराउँदै कांस्य जितेको हो । त्यस्तै पुरुषतर्फ पनी नेपाली टिमले श्रिलंकालाई हराएको छ । श्रिलंकालाई १५–५ को अन्तरले हराउँदै नेपालको पुरुष खोखो टिमले कांस्य पदक जितेको छ ।
(फोटो : पिजे क्लव)

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment