वीरगन्ज नाकाबाट सोमबारको तुलनामा मंगलबार ४ गुणा बढि पेट्रोलियम पदार्थ भित्रिए

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


नेपाल आयल निगमले आज वीरगन्ज नाकाबाट ९५ ट्याङ्करमा लोड रहेको १३ लाख १० हजार लिटर इन्धन नेपाल भित्र्याएको छ ।

नेपाल आयल निगमले भारतको बरौनी र रक्सौल डिपोबाट आज उक्त परिमाणमा इन्धन भित्र्याएको हो ।

वीरगन्ज नाकाबाट आज साँझ ६ः३० बजेसम्म ५९ ट्याङ्करमा सात लाख ३४ हजार लिटर डिजल, २१ ट्याङ्करमा तीन लाख लिटर पेट्रोल, १२ ट्याङ्करमा दुई लाख ४० हजार लिटर हवाई इन्धन र तीन ट्याङ्करमा लोड रहेको ३६ हजार लिटर मट्टितेल वीरगन्ज नाकाबाट भित्रिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्जका क्षेत्रीय प्रमुख भानुभक्त खनालले जानकारी दिनुभयो ।

उहाँले मधेसकेन्द्रित दलले नाका केन्द्रित आन्दोलन गरेयता साढे चार महिनामा पहिलो पटक वीरगन्ज नाकाबाट यति ठूलो परिमाणमा इन्धन नेपाल भित्रिएको जानकारी दिनुभयो । 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment