छापामा छैन कोइराला निधनको खबर

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

मंगलबार प्रकाशित पत्रिकाहरु
मंगलबार प्रकाशित पत्रिकाहरु
काठमाडौं– मध्यरातमा भएको सुशील कोइराला निधनको समाचार कांग्रेसजन र सर्वसाधारणले निकै ढिलामात्र थाहा पाउन सके। कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री कोइरालाको निधनबारे मंगलबारले छापाले समाचार प्रकाशन गरेका छैनन्।
गए राति १२:५० मा निधन भएका कोइरालाको समाचार सर्वसाधारणले सबैभन्दा पहिला डिजिटल र इलेक्ट्रोनिक मिडियाबाट पाएका थिए।

यसअघि महत्वपूर्ण घटना हुँदा दैनिक पत्रिकाले बिहान ४ बजेसम्मका गतिविधि समेट्ने गर्थे।

पाठकहरुले बिहान पत्रिकामा कोइरालाको समाचार खोजी गरे पनि मुलुकका पूर्व प्रधानमन्त्री, सबैभन्दा ठूलो दलको सभापति तथा प्रमुख प्रतिपक्षी दलको नेता निधनको खबर नपाउँदा खल्लो अनुभव गरे।

सरकारी मुखपत्र गोरखापत्रले कोइराला निधनको समाचार मंगलबारको अंक प्रकाशन ढिलो भएको अनलाइनमार्फत् सूचित गरेको छ। कार्यलय सुरु भइसक्ने समय १० बजेसम्म गोरखापत्र ग्राहककोमा पुगेको छैन। अनलाइनमा इपेपर समेत राखिएको छैन।

अन्य पत्रिकाहरुले कांग्रेसको १३ औं महाधिवेशनका खबरलाई प्रमुखताका साथ प्रकाशित गरेका छन्।

वीरगंज नाकाबाट इन्धन आपूर्ति हुन लागेको समाचारदेखि मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम फिर्ता लिएकासम्म समाचार छापामा छन्।

सम्बन्धित बिट हेर्ने पत्रकार कोइरालाको अवस्थाबारे अपडेट रहनुपर्ने र पाठकलाई जानकारी गराउनुपर्ने पाठकको तर्क छ। 'सामान्यतया पत्रिका फाइनल गर्ने बेलामा सबै स्रोतसँग अन्तिम सम्पर्क गर्नुपर्ने पत्रकारिताको नियम हुन्छ,'पत्रकारितका विद्यार्थी खिम जिसीले भने, 'कोइरालाको निधनको समाचार पत्रिकामा नआउनु गम्भीर विषय हो।' 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment