नयाँ वर्षको अनौठो उपहार, रित्तो बोइंग जहाजमा एक्लै यात्रा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

afp-flying-solo-chinese-woman-only-passenger-on-new-year-flight
नयाँ सालमा यो भन्दा उत्तम उपहार के हुन सक्छ की कुनैपनि यात्रुलाई एउटा पूरै जहाजमा एक्लै यात्रा गर्ने मौका मिलोस् । चीनमा एक युवतीलाई यस्तै मौका मिलेको छ ।
झांग नामकी ती युवती नयाँ वर्षको अवसरमा युहानबाट आफ्नो घर गुआंगझोउ फर्किँदै थिइन् र जहाजभित्र उनी एक्लै थिइन् अर्थात् अरु कुनै यात्रु थिएनन् ।
चिनिया क्यालेन्डर अनुसार गत फेब्रुअरी ८ मा चिनिया नयाँ वर्ष सुरु भयो । नयाँ वर्षमा धेरै चिनियाहरु देश विदेशबाट आफ्नो घर फबिर्कन्छन् । झाँग पनि घर फर्किँदै थिइन् । मौसम खराब भएर उडानमा ढिलाइ भयो । टिकट काटेका अन्य यात्रुहरुले टिकट क्यान्सिल गरेर अर्को साधन प्रयोग गरे ।
तर झांगले भने त्यसो गरिनन् । जब मौसम सफा भएर जहाजले उडान भर्यो, तब जहाजमा यात्रुको रुपमा झांगमात्र एक्लै भइन्, जहाजमा अरु सबै विमानका कर्मचारी मात्र थिए ।
उनले आफुले रित्तो जहाजमा एक्लै यात्रा गरेको तस्वीर खिचेर सोसल साइटमा हालिन् । त्यसपछि उनी चर्चामा आइन् । यो पटक नयाँ वर्षमा आफ्नो घर फर्किनेहरुको संख्या यति धेरै भयो की केवल गुआंगझोउ रेल स्टेसनमा मात्रै रेलको प्रतिक्षामा एक लाख मानिस फसे ।
तर यस्तो भिडमा समेत झांगलाई चाइना साउदर्न एयरलाइन्सको रित्तो जहाजमा एक्लै यात्रा गर्ने मौका मिल्यो । उक्त बोइंग जहाजमा १३७ सिट थिए । झांग मात्र एक्ली यात्रु हुँदा जहाजका अरु १३६ यात्रु सिट खाली थिए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment