जापानद्वारा साढे तीन अर्ब अनुदान

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



जापान सरकारले भूकम्पबाट क्षतिग्रत भौतिक संरचनाको पुनःस्थापनाका लागि तीन अर्ब ४४ करोड ८० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । 
 
परोपकार प्रसूतिगृह र वीरअस्पतालको पुनर्निर्माण, सिन्धुपाल्चोकको चौतारास्थित खानेपानी आपूर्ति प्रणालीको पुनर्निर्माण र गोरखाको बारपाक बाह्रकिलोस्थित पुलको निर्माणका लागि जापान सरकारले उक्त अनुदान प्रदान गरेको हो । 
 
अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थमन्त्रालयमा आज आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र जापानी सहयोग नियोग (जाइका) का प्रमुख प्रतिनिधि चुतोमु सिमीजुले हस्ताक्षर गरे । त्यस अवसरमा जाइकाका प्रमुख सिमीजुले पुनर्निर्माणका काम द्रुत गतिमा कार्यान्वयन गर्न जापानी सहयोग फलदायी हुने विश्वास व्यक्त गरे। 
 
सहसचिव अर्यालले नेपालको सामाजिक एवम् आर्थिक विकासमा जापान सरकारबाट निरन्तर प्राप्त सहायताप्रति आभार व्यक्त गरे । रासस 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment