प्रधानमन्त्री ओलीद्वारा नेता आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री नरहरि आचार्यको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिनुभएको छ।


प्रधानमन्त्री ओलीले आज साँझ न्युरो अस्पताल बाँसबारी पुगेर  नेता आचार्यको स्वास्थ्य अवस्था, उपचार प्रक्रियाका बारेमा जानकारी लिनुभएको हो ।


प्रधानमन्त्री ओलीले नेता आचार्यको स्वास्थ्य उपचारमा विशेष ध्यान दिनसमेत अस्पताल प्रशासन र उपचारमा सङ्लग्न चिकित्सकलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

“प्रधानमन्त्रीले पूर्व मन्त्री आचार्यको समग्र स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभयो र उपचारमा विशेष सक्रियता अपनाउन अस्पताल प्रशासनलाई आग्रहसमेत गर्नुभयो”–प्रेस संयोजक अधिकारीले भन्नुभयो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment