भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि सोमबार भएको निर्वाचनमा सभापति सुशील कोइराला पक्षले अग्रता लिएको छ। यो समाचार तयार पर्दासम्म १५ जिल्लाको परिणाम अनुसार कोइराला पक्षले १० जिल्ला सभापतिमा जित हात पारेको छ। जसमा दुई जिल्ला काभ्रे र कास्की उपसभापति रामचन्द्र पौडेलका उम्मेदवारले जितेका छन्। वरिष्ठ नेता शेरबहादुर देउवाको पक्षमा अहिलेसम्म जम्मा चार जिल्लामात्रै गएको छ भने अर्घाखाँचीको सभापतिले कित्ता खुलाएका छैनन्।
झापा जिल्लाको सभापतिमा उद्धव थापा सर्वसम्मत निर्वाचित भएका छन्। सभापति कोइराला पक्षको बाहुल्यता रहेको झापा जिल्लामा वरिष्ठ नेता शेरबहादुर देउवा पक्षलाई उपसभापति र सचिव पद दिने सहमतिमा थापा सर्वसम्मत निर्वाचित भएका हुन्।
त्यसैगरी पाल्पामा वीरबहादुर राना र बैतडीमा नरेन्द्रसिंह थापा पनि निर्विरोध निर्वाचित भएका छन्। विगतमा सभापति कोइराला पक्षमा रहेर राजनीति गरेका रानाले पाल्पाबाट निर्वाचित देउवा पक्षका सांसद हरिप्रसाद नेपालसँग सहकार्य र सहमति गरी निर्विरोध निर्वाचित भएका हुन् भने बैतडीका थापा कोइराला पक्षका हुन्।
मनाङको जिल्ला सभापतिमा देउवा पक्षका टेकबहादुर गुरुङ पनि सर्वसम्मत निर्वाचित भएका छन्। अर्घाखाँचीको सभापतिमा विष्णु मुस्कान निर्विरोध निर्वाचित भएका छन्। मुस्कान अहिलेसम्म कुनै पक्षमा खुलेका छैनन्।
भोजपुरमा भएको निर्वाचनमा कोइराला पक्षका नन्दमणी राइले देउवा पक्षका वीरबल राइलाई एकसय भन्दा बढी मत अन्तरले पराजित गरी सभापतिमा निर्वाचित भएका छन्। सुनसरी जिल्लाको सभापतिमा पनि कोइराला पक्षकै राजीव कोइरालाले ७ सय ३ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका छन्। उनका निकटम प्रतिद्धन्दी देउवा पक्षका रामबहादुर बस्नेतले २ सय ८३ मत ल्याएर पराजित भए।
मकवानपुरमा सोमबारै भएको निर्वाचनमा देउवा पक्षका इन्द्रबहादुर बानियाँ ३ सय७८ मत ल्याएर निर्वाचित भएका छन्। सांसद बानियाले सभापति कोइराला पक्षका निर्वतमान सभापति रघुरमण न्यौपानेले १ सय १० र महामन्त्री प्रकाशमान सिंह निकट प्रभात दाहालले १ सय ९ मत पाएको थिए।
त्यसैगरी सुर्खेतको सभापतिमा कोइराला पक्षका कमलराज रेग्मीले देउवा पक्षको समर्थनमा उम्मेदवारी दिएका यज्ञबहादुर विसीलाई ३ मतको अन्तरले पराजित गरेका छन्। रेग्मीले ३ सय ३१ मत ल्याएर विजय भने उनका निकटत प्रतिद्धन्दीले विसीले ३ सय २८ मत ल्याएका थिए।
पार्टीको १२औं महाधिवेशन पूर्व दुई पार्टी एक भएपनि केन्द्रदेखि स्थानीय तहसम्म दुईचिरामा विभक्त कांग्रेसको जिल्ला सभापतिको अधिवेशनमा पनि त्यसको प्रत्यक्ष प्रभाव देखिएको छ।
सभापति कोइराला र देउवा पक्षबीचको भिडन्तमा झापा, सुनसरी, भोजपुर, पाल्पा, बैतडी, सुर्खेत, धादिङ र खोटाङ जिल्लामा कोइराला पक्षका उम्मेदवारले विजय हासिल गरेका छन् भने डढेलदुरा, मनाङ, मकवानपुर र स्याङ्जामा देउवा पक्षले जितेको छ। त्यसैगरी काभ्रे र कास्कीमा उपसभापति रामचन्द्र पौडेल निकटका उम्मेदवार सभापति निर्वाचित भएका छन्। अर्घाखाँचीका सभापति विष्णु मुस्कानले कुनै पक्षमा पनि खुलेका छैनन्।
लम्जुङ, ललितपुर र वर्दियामा पहिलो चरणमा कुनै पनि उम्मेदवारले खसेको मतको स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि मंगलबार पुन मतदान हुने भएको छ। लम्जुङमा भेषबहादुर पौडेल र टकराज गुरुङ, ललितपुरमा मदन अमात्य र जितेन्द्र श्रेष्ठ संजय गौतम र विद्याप्रसाद खनालबीच दोस्रो चरणको प्रतिस्पर्धा हुनेछ। दोलखा, सिन्धुपाल्चोक र कैलालीमा आन्तरिक विवादका कारण अनिश्चितकालका लागि जिल्ला अधिवेशन स्थगित भएको छ।
कोइराला पक्ष
झापा– उद्धव थापा निर्विरोध
सुनसरी– राजीव कोइराला निर्वाचित
भोजपुर– नन्द्रमणी राई निर्वाचित
पाल्पा– वीरबहादुर राना निर्विरोध
बैतडी– नरेन्द्रसिंह थापा निर्विरोध
सुर्खेत– कमलराज रेग्मी निर्वाचित
धादिङ– रमेश धमला निर्वाचित
खोटाङ– नरेशकुमार श्रेष्ठ निर्वाचित
देउवा पक्ष
डडेलधुरा–कर्ण मल्ल निर्वाचित
मनाङ– टेकबहादुर गुरुङ निर्विरोध
मकवानपुर– इन्द्रबहादुर बानियाँ निर्वाचित
स्याङ्जा– कमल पंगेनी निर्वाचित
पौडेल पक्ष
काभ्रे– मधु आचार्य
कास्की– कृष्णबहादुर केसी
नखुलेका
अर्घाखाँची– विष्णु मुस्कान निर्विरोध निर्वाचित
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment