कायराको फेशन शोमा हिरोइनको क्याटवाक

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Kayara Fashion Show 2016 (40)
काठमाण्डौको कमलपोखरीस्थित सीटी सेन्टरमा रहेको कायरा बुटिकको आयोजनामा चौथो पटक कायरा रन वे ४आयोजना भएको छ ।

काठमाण्डौको चिसो मौसममा नेपाली चलचित्रका नायिकाहरुले आफ्नो क्याटवाक मार्फत माहोल तताए । फेसन शोमा सारी, लेहेङ्गा, गाउन, बच्चाका पहिरन समावेश थिए । यस्तै, नायिका तथा मोडलहरुले ट्रेडिशनल र मोडर्न पहिरनमा माहोल तताएका थिए ।

छोटो समयमा नै लोकपि्रयता हासिल गरेको कायरा बुटिकमा नेपाली नायिका, मोडल तथा सर्वसाधारणको आकर्षण बढेको छ । बुटिककी प्रमुख रोजिना श्रेष्ठका अनुसार बुटिकमा तयार भएका पहिरनको प्रमोशनका लागि नै यो फेसन शो आयोजना गरिएको हो । नायिका, भिडियोमा मोडलिङ गर्दै आएका सुन्दरीको साथमा विभिन्न मोडल र बालबालिका र्‍याम्पमा देखिएका थिए ।
Kayara-Fashion-Show-2016
फेसन शोमा नायिकाहरु नीता ढुंगाना, वेनिशा हमाल, बर्षा सिवाकोटी, अनु शाह, स्वस्तिमा खड्का, छुल्ठिम गुरुङ, सुरविना कार्कीले क्याटवाक गरेका थिए । यस्तै, मोडल बर्षा राउत, सम्पदा बाँनियाले पनि र्‍याम्प तताए । आफ्नो डिजाइनका कारण कायराकी प्रमुख रोजिना श्रेष्ठले छोटो समयमा नै सफलता कमाएकी छिन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment