नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ८ जनाको मृत्यु

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


माघ २३, २०७२- नुवाकोटको मदानपुरमा माईक्रोबस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् ।

काठमाडौंबाट त्रिशूलीतर्फ आईरहेको बा. १ ज ७५८३ नम्बरको माइक्रोबस पासाङ ल्हामुमार्गको मदानपुर–८ स्थित केउरीनीमा दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको मृत्यु भएको हो । दुर्घटनामा अरु ६ जना गम्भीर घाईते भएको प्रहरी नायब उपरिक्षक शिद्धिबिक्रम शाहले बताए ।  

हिजो विदामा गएका विदुरस्थित सैन्य तालिम केन्द्रमा तालिमरत सिनं ६४ र ६५ मा कार्यरत सिपाईहरु लिएर आएको माइक्रोबस सडकबाट करिब पाँच सय फिट तल खसी दुर्घटना भएको प्रहरी नायब उपरिक्षक शाहले बताए । मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाईते भएकाहरुको उपचारको लागि राजधानी ल्याइएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment