ह्वाइट हाउसमा कमजोर वाइफाई!

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

ह्वाइट हाउसमा कमजोर वाइफाई!
वासिङटन- तपाईं हामीलाई लाग्छ विश्वका 'सुपरपावर' देश अमेरिकाका शक्तिशाली राष्ट्रपति बाराक ओबामालाई राष्ट्रपति कार्यालय/निवास ह्वाइट हाउसमा जे चाहिए पनि सबै थोक उपलब्ध होला! 
तर तपाईं हामीले सोचेजस्तो विश्वका सर्वाधिक शक्तिशाली राष्ट्रपति ओबामा र उनको परिवार ह्वाइट हाउसमा खराब वाई–फाई सिग्नलका कारण निकै निराश रहेको सार्वजनिक भएको छ। अमेरिकी फुटबल प्रतियोगिता 'सुपरबल'को पूर्वसंन्ध्यामा अमेरिकी सञ्चारमाध्यम सिबिएस न्युजसँगको अन्तर्वार्ता क्रममा ओबामाले ह्वाइट हाउसको खराब वाई–फाई सिग्नलबारे बताएका हुन्।

ओबामाले बताए अनुसार ह्वाइट हाउसको ठूलो खण्डमा वाई–फाईको सिग्नल नै पाइँदैन। प्रथम महिला मिसेली ओबामाले पनि वाई–फाई भरपर्दो नभएको गुनासो गरिन्। उनले दुवै छोरी साशा र मालिया समेत कमजोर वाई–फाईबाट दिक्क भएको बताइन्। उनले भनिन्, 'ह्वाइट हाउसका कतिपय ठाउँमा वाई–फाई कनेक्ट नै हुँदैन।'

अमेरिकी फूटबलको सबैभन्दा ठूलो वार्षिक प्रतियोगिताअघि राष्ट्रपतिले अन्तर्वार्ता दिने परम्परा छ। अन्तर्वार्तामा राष्ट्रपति ओबामा पहिलोपल्ट प्रथम महिला मिसेलीसँगै उपस्थित भएका थिए।

ओबामा दम्पतिले प्रतियोगिताको आफ्नो रुटिनबारे पनि जानकारी दिएका थिए। उनीहरूले यसपल्ट पिज्जा र नाचोको स्वाद लिँदै सुपरबल हेर्न साथीभाइ निम्त्याएको पनि बताए।

राष्ट्रपति ओबामाले ह्वाइट हाउसमा आउने नयाँ राष्ट्रपतिलाई असुविधा नहोस् भनेर वाई–फाई सिग्नल सुधार्न प्रयास गरिरहेको बताए। अमेरिकामा यसै वर्ष नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment