३७३ यात्रु बोकेर पेरिस उडेको विमान लाहोरमा आकस्मिक अवतरण

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

३७३ यात्रु बोकेर पेरिस उडेको विमान लाहोरमा आकस्मिक अवतरण
नयाँ दिल्ली–३७३ यात्रु बोकेर नयाँ दिल्लीबाट पेरिसका लागि उडेको एयर फ्रान्सको विमान उडेको केही छिनपछि पाकिस्तानको लाहोरमा आकस्मिक अवतरण गरेको छ। नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तरार्ष्ट्रिय विमानस्थलबाट उडेको एएफ २२५ सो जहाज मेडिकल इमर्जेन्सीका कारण लाहोरमा अवतरण गर्नुपरेको बताइएको छ।
आइतबार लाहोरमा अवतरण भएको विमानलाई फेरि नयाँ दिल्ली फर्काइएको थियो।

उड्नु पर्ने निर्धारित समय घर्किसकेपछि पाइलटले जहाज उडाएका कारण विमानलाई पुनः दिल्ली बोलाइएको भारतीय अधिकारीले उल्लेख गरेका छन्। मेडिकल इमर्जेन्सी भनिए पनि सो जहाज किन लाहोरमा आकस्मिक अवतरण गरियो भन्ने अन्य केही विवरण सार्वजनिक गरिएको छैन।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment