आफुलाई स्वाइन फ्लू लागेको एमाओवादी नेता नारायणकाजीले सामाजिक संजालबाट सार्वजनिक गरे

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

काठमाडौँ, २६ माघ । सामान्य भन्दा सामान्य कुरा धेरै जसो मानिसले लुकाउन खोज्छन् तर कोही व्यक्ति यस्ता हुन्छन् जस्ले आफ्ना अधिकांश कुरा सार्वजनिक गर्न रुचाउँछन् । आफुलाई खुला रुपमा प्रस्तुत गर्न चाहाने व्यक्ति मध्ये एक हुन् एमाओवादी नेता नारायणकाजी श्रेष्ठ ।
कम्युनिष्ट भइकन पनि उदार शैलीका मानिने श्रेष्ठले मंगलबार आफूलाई स्वाइन फ्लु भएको सामाजिक सञ्जाल मार्फत नै सार्वजनिक गरेपछि उनको उदारताको एक पटक सबैले तारिफ गरेका छन् । खुला स्वभावका श्रेष्ठ विगत नौ दिनदेखि ज्वरोले थलिएका थिए ।
उपाध्यक्ष श्रेष्ठको प्रारम्भिक परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ¥याल परीक्षणपछि स्वाइन फ्लु भएको खुलेपछि उनले खुला रुपमा आफुलाई परेको समस्या सार्वजनिक गरेका हुन् । श्रेष्ठले चिकित्सकको सल्लाहअनुसार अहिले निवासमा नै आराम गरिरहेका छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment