अध्ययन भन्छ: मरेपछि पनि सँगै हुन्छन् जिवनसाथी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


तपाइँलाई थाहा छ, तपाइँलाई एक्लै छाडेर मृत्युवरण गरेको तपाइँको जिवनसाथी मृत्युपछि पनि तपाइँ साथै रहन्छ । एक नयाँ अध्ययन अनुसार यो कुराको खुलासा भएको छ ।

मरेपछि भौतिक रुपमा सँगै रहने त कुरा भएन, जिवनसाथीका विभिन्न आनीबानीहरु तपाइँसँगै जोडिइरहेका हुन्छन् जसले तपाइँको जिवनलाई राम्रो बनाउन सहयोग गरिरहन्छन् । अमेरिकाको एरिजोना विश्वविद्यालयकी शोधकर्ता काइली बुरासाका अनुसार जिवित छँदा आफ्नो हृदयमा सबैभन्दा नजिक रहेको व्यक्ति मरिसकेपछि पनि हाम्रो जिवनको गुणवत्तालाई प्रभाव पारिरहेको हुन्छ ।

अध्ययन अनुसार यदि दम्पत्तिमध्ये कुनै एक जनाको मृत्यु भयो भने पनि जिवित सदस्यको जिवनमा मृतक पार्टनरले जिवनपर्यन्त प्रभाव पारिरहेको हुन्छ । आफ्नो मृत पार्टनरसँग जिवित व्यक्तिको भावनान्तमक सम्बन्ध उसको मृत्यु पर्यन्त उस्तै गाढा रहेको हुन्छ ।

मल्टिनेसनल स्टडी अफ हेल्थ, एजिंग एण्ड रिटाएरमेन्ट इन युरोप द्धारा एक वृहत परियोजनाका लागि १८ युरोपेली देश तथा इजरायलका ८० हजार वृद्धवृद्धामा गरिएको अध्ययनका क्रममा प्राप्त तथ्यांकलाई शोधकर्ताहरुले प्रयोग तथा विश्लेषण गरेका थिए ।

शोधकर्ताले विशेष रुपमा यस्ता ५४६ जना व्यक्तिहरुसँग सम्बन्धित तथ्यांकको विश्लेषण गरेका थिए जसको जिवनसाथीको अध्ययनकालमै मृत्यु भयो । त्यस्तै लोग्नेस्वास्नी दुबै जिवित रहेका २५६६ जना जोडीसँग सम्बन्धित आँकडाको पनि विश्लेषण गरिएको थियो ।

आफ्नो जिवनसाथीको मृत्युपछि समेत कुनैपनि महिला तथा पुरुषको उनीहरुको मृत पार्टनरप्रति परस्पर निर्भरता जस्तै स्थिति  देखा पर्ने गरेको शोधकर्ताको ठम्याइ छ ।

शोधकर्ता बुरासा भन्छिन्:  यदि हामी कसैलाई माया गर्छौँ र उसलाई गुमाउँछौँ भने भलै भावनात्मक रुपमा किन नहोस् उसलाई सधै आफ्नै साथमा राखेका हुन्छौँ ।

यस सम्बन्धी शो साइकोलोजिकल साइन्स जर्नलमा प्रकाशित छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment