राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


भण्डारीसँग नेपाल भ्रमणमा रहनु भएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज साँझ शिष्टाचार भेट गरेकी छन्। 
 
राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा असल छिमेकीको नाताले पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्न अाएकोमा प्रसन्नता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले नेपाल भारतबीचको सम्बन्ध मैत्रीपूर्ण र स्पष्ट छ भन्ने देखिएको बताएकी थिइन्। 
 
भारतीय विदेशमन्त्री स्वराजले आफू यसपटक पूर्वप्रम कोइरालाको निधनमा श्रद्धाञ्जलि व्यक्त गर्न आएको बताएकी थिइन्। 
 
'शिष्टाचार भेटवार्ता भएकाले अरु विषयमा छलफल भएन' राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने। भेटवार्तामा भारतीय प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो । रासस 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment