नाकाबन्दीपछि पहिलो पटक वीरगञ्जबाट इन्धन भित्रियो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Birgung-Naka 1
२३ माघ, काठमाडौं । भारतीय नाकाबन्दी गरेपछि पहिलोपटक शनिबार वीरगन्ज नाकाबाट इन्धन बोकेका गाडी नेपाल भित्रिएका छन् ।
शनिबार दिउँसो चार वटा ग्यासका बुलेट वीरगञ्ज नाकाबाट नेपाल भित्रिएका हुन् । एक डिजेल ट्यांकर पनि अाएको छ । कागजी प्रक्रिया पुरा गरेर बसेका गाडीहरू नेपाल आएका नेपाल आयल निगमका वितरण विभाग प्रमुख दीपक बरालले जानकारी दिए ।
गत असोज ६ गतेपछि पहिलोपटक शनिबार रक्सौल हुँदै इन्धनका गाडी नेपाल आवत-जावत गरेका हुन् । नाकाबन्दीको समयमा रक्सौलमा रोकिएका अधिकांश बुलेटलाई रि-रुट गरे सुनौली नाकाबाट भित्र्याइएको थियो ।
तर, शुक्रबार स्थानीयबासी र भारतीय ब्यापारीको बलमा वीरगञ्ज नाकाको अवरोध हटेको छ र मालबाहक गाडीहरु आउन थालेका छन् ।
शनिबार बिहान रक्सौलमा तेल भर्न आधा दर्जन नेपाली ट्यांकर वीरगञ्ज नाका हुँदै गएका छन् । ती ट्यांकरहरु हवाइ इन्धन र मटि्टतेल लिएर वीरगञ्ज नाका हुँदै नेपाल फर्किनेछन् ।
अहिले वीरगन्ज नाकाको स्थिति समान्य छ । केहीबेर अघि नाकामा धर्ना दिन गएका आन्दोलनकारीलाई भारतीय ब्यपारीहरुले लखेटेका थिए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment