'नक्कली डाक्टर' भएकाे आशंकामा एक पक्राउ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


साभार: कान्तिपुर 
माघ २३, २०७२- मेडिकल काउन्सिलमा नक्कली कागजात पेश गरी अस्पतालमा काम गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले धादिङको निजी गजुरी अस्पतालबाट जनरल फिजिसियन मनोजकुमार साहलाई पक्राउ गरेकोछ ।
सप्तरीको अमाहाकुशाहा–८ निवासी साह विगत ३ वर्षदेखि डाक्टरको रुपमा कार्यरत थिए । उनी ८ महिनादेखि गजुरी अस्पताल प्रालिमा कार्यरत थिए । काउन्सिलको १३३८८ नम्बरमा दर्ता भएका साहलाई उजुरीका आधारमै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एसएलसी र प्लस टुको नक्कली सर्र्टि्फिकेट बनाउने, त्यसैको आधारमा चीनमा एमबीबीएस पढ्ने र नेपालको लाइसेन्स परीक्षामा अरूलाई जाँच दिन लगाएर पास गरेर डाक्टर हुने चिकित्सकलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छानविनको दायरामा ल्याएको हो ।
‘पक्राउ परेका चिकित्सकको भारतबाट ल्याएको माध्यमिक तह र प्लस टुको सर्र्टि्फिकेट नक्कली भएको आशंका गरिएकोछ’, जिल्ला प्रहरी प्रमुख सविन प्रधानले वताए ।
डाक्टर साह चीनबाट एमबीबीएस पढेका थिए । चीनमा एमबीबीएस पढ्न प्रवेश परीक्षा उत्तीर्ण गर्नु पर्दैन ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment