हप्तामा कति पिउने मदिरा ? (अनुसन्धान)

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

सबैभन्दा राम्रो मदिरा नपिउनुहोस् । धेरैलाई थाहा छ तर पिउन छाड्न मनले दिएको छैन होला । छाड्न नसक्नेले केही मात्रा कम त गर्न सक्छन् । त्यसो भए कति पिउने ?

मदिरामाथि गरिएको नयाँ निर्देशिकामा यसअघि दिइएको न्यूनतम सीमालाई कटौती गर्दै मदिरा पिउन सुरक्षित तह नभएको प्रष्ट पारेको छ । मदिराको जुनसुकै मात्राले क्यान्सरको खतरा भएको नयाँ अनुसन्धानले देखाएको बेलायती प्रमुख स्वास्थ्य अधिकारीहरुको कथन छ ।
नयाँ सुझावअनुसार मदिरा पिउने पुरुष वा महिला जोसुकै भएपनि एक सातामा १४ युनिटभन्दा बढी पिउन नहुने जनाइएको छ । १४ युनिट बराबर ६ पिन्ट वियर वा सात गिलास वाइन हुन्छ । तर, गर्भवतीले भने कत्ति पनि पिउन नहुने बताइएको छ । पिउने आदत छ भने उसले सातामा तीन, चार दिन मात्र पिउनुपर्ने र बाँकी दिन अल्कोहल फ्री अर्थात् मदिरामुक्त दिन मनाउनुपर्ने पनि अध्ययनको सुझाव छ ।
त्यस्तै, सुझाव दिइएको मदिराको मात्रालाई बचत गरी एकपटक वा दुईपटकमै खान नहुने पनि जनाइएको छ । अत्यधिक मदिरा सेवनले दुर्घटना र घाइतेको खतरा बढाउने अध्ययनको निष्कर्ष छ ।
न्यून तह पिउने
मदिरा पिउनेसम्बन्धी यो निर्देशिका सन् १९९५ पछि पहिलोपटक सार्वजनिक गरिएको समीक्षा हो । त्यसो त गर्भवती र युवाहरुलाई लक्षित गरी मदिरा पिउने समसामयिक सुझाव सन् २००७ र सन् २००९ मा पनि प्रकाशित गरिएको थियो । गर्भवतीको हकमा नयाँ निर्देशिका स्कटल्यान्डको जस्तै निर्देशिका ल्याइएको छ र गर्भवतीले कुनै पनि हालतमा पिउन नहुने सुझाव दिइएको छ ।
नयाँ निर्देशिका बेलायत, वेल्स, उत्तरी आइरल्यान्डका मानिसहरुलाई यसअघि दिइएको निर्देशिकाबाट सूक्ष्म परिवर्तन बताइएको छ । मानिसहरुले क्यान्सरलगायत रोगबाट बच्न पिउनै नहुने र पिउने नै हो भने साताको एकपटक वा दुईपटक एक, दुई युनिटभन्दा बढी पिउनु हँुदैन ।

कसरी सुझाव परिवर्तन गरियो ?
यसअघिका सरकारहरुले पुरुषहरुलाई तीनदेखि चार युनिट र महिलाका लागि दुईदेखि तीन युनिट सीमाको सुझाव दिएको थियो । नयाँ निर्देशिकाले यसअघिको पुरानो सुझाव (हरेक दिन पिउनु उत्तम) लाई गलत सावित गर्दै सातामा सीमित दिन र मात्रा तोकेको छ । यसअघि सन् १९९५ देखि चिकित्सकको समूहले पुरुष २१ युनिट र महिला १४ युनिट (प्रति साता) मा सीमित हुनुपर्ने सुझाव दिएको थियो ।
गर्भवतीका सन्दर्भमा भने नयाँ सुझाव स्पष्ट छ । यसअघि वेल्स, उत्तरी आयरल्यान्ड र बेलायतमा महिलालाई नपिउन आग्रह गरिएको थियो । उनीहरुले पिउन चाहेमा उनीहरु सीमामा रहनुपर्ने जनाइएको थियो । पुरानो सुझावअनुसार पुरुषहरुले दिनमा तीनदेखि चार युनिटभन्दा बढी तथा महिलाले दुईदेखि तीन युनिटभन्दा बढी खान नहुने बताइएको थियो । त्यस्तै, मस्तसँग पिएपछि ४८ घन्टा ब्रेक लिनुपर्ने पनि सुझाबमा उल्लेख थियो । तर, अहिलेको निर्देशिकामा महिला र पुरुषलाई छुट्टाइएको छैन । बरु मदिराको पिउने मात्रालाई एक साताभर १४ युनिटमा झारिएको छ । दैनिक सीमासँगै पुरानो निर्देशिकाले हरेक दिन पिउनु ठीकै हो भन्ने त्रास बढाएको थियो ।
५५ वर्षमाथिका महिलाले सातामा पाँच युनिट पिउँदा मुटुमा केही फाइदा हुने पनि निर्देशिकामा उल्लेख छ । यसअघि गरिएका केही अध्ययनमा थोरै परिणाममा मदिरा पिउँदा मुटु रोगलाई फाइदा हुने बताइए पनि नयाँ निर्देशिकाले भने यसलाई अस्वीकार गरेको छ । मदिरा पिउँदा मुख, घाँटी, छातीलगायतका स्थानमा क्यान्सर हुने यसले दर्शाएको छ ।
मदिरा र क्यान्सरको सम्बन्ध सन् १९९५ मा त्यति प्रस्ट रुपमा जानकारी नभएको पनि यसले जनाएको छ । ‘जुनसुकै परिणाममा सेवन गरिने मदिराको मात्राले स्वास्थ्यमा समस्या ल्याउँछ,’ बेलायतका प्रमुख स्वास्थ्य अधिकारी डेम सेली डेभिजले भनिन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment