प्रधानमन्त्रीले महतोलाई सोधे-नाकाबन्दी कहिले खुल्छ ?

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


२२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र मधेसी मोर्चाका नेता राजेन्द्र महतोबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्रीसँगको वार्ता लगतै महतो काठमाडौं आएका छन् ।
विराटनगरमा रहेका सदभावना पार्टीका अध्यक्ष महतोलाई प्रधानमन्त्रीले फोन गरेका थिए । कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले औपचारिक रुपमा नाकाबन्दी कहिले खुल्छ भनेर महतोलाई सोधेका थिए ।
जवाफमा महतोले आफू वीरगञ्ज नाकामा बन्द गर्ने पक्षमा नरहेको भन्दै कि सबै बन्द गर्ने कि वीरगञ्ज पनि खोल्ने पक्षमा रहेको बताएका छन् । उनले पछिल्लो दिनमा सार्वजनिक रुपमा यहि भन्दै आएका छन् ।
फोन सम्वादमा प्रधानमन्त्री ओलीले सकारात्मक रुपमा समस्या समाधानका लागि पहल गर्न अग्रह गरेका छन् ।
मधेसी मोर्चाका नेता महतोसँग एमाओवादी अध्यक्ष प्रचण्डले पनि फोनमा कुराकानी गरेका छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment