फागुन १ सम्म महाधिवेशन गतिबिधि नगर्ने कांग्रेस निर्णय

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

फागुन १ सम्म महाधिवेशन गतिबिधि नगर्ने कांग्रेस निर्णय
काठमाडाैं-नेपाली कांग्रेस केन्द्रिय समितिको अाकस्मिक बैठकले पार्टी सभापति सुशील कोइरालाको निधनमा शोक मनाउन केन्द्रदेखि जिल्ला तहका सबै पार्टी कार्यालय तीनदिनसम्म बन्द गर्ने निर्णय गरेको छ। सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा मंगलबार बसेको बैठकले पार्टीको अाधा झण्डा झुकाउने र १३ दिनसम्म कुनैपनि पार्टी गतिबिधि नगर्ने निर्णय गरेको छ। 
१३ अाैं पुण्यतिथिका दिन काठमाडाैंमा केन्द्रिय शोक सभा र जिल्लाहरूमा शोक सभा गर्ने निर्णय गरेको बैठक पछि केन्द्रिय सदस्य एवं युवा नेता गगन थापाले जानकारी दिए।

बैठकले महाधिवेशनका गतिबिधिहरू फागुन १ गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ। फागुन १ पछि केन्द्रिय निर्वाचन समितिले जिल्लाको अवस्था हेरेर निर्वाचनका कार्यक्रम तय गर्ने थापाले बताए।

अस्वस्थताकाबीच शान्ति, सहमति र संविधान निर्माणमा प्रमुख भुमिका निर्वाह गरेको भन्दै पार्टी सभापतिको योगदानको उच्च प्रशंसा गरिएको छ। बैठकले सभापतिको अनुपस्थितिमा बाँकी कार्यभार पूरा गर्ने प्रण गर्दै शोक प्रस्ताव पारित गरेको छ।

बैठक सानेपास्थित पार्टी कार्यालयमा बसेको थियो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment