पटक पटक मनोनित भएर पनि ओस्कार नजितेका १० हलिउड कलाकारहरु

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


हरेक हलिउड कलाकारका लागि कुनै दिन एउटा न एउटा ओस्कार अवार्ड उचाल्ने सपना हुन्छ। ओस्कार फिल्मकर्मीका लागि नोबेल पुरस्कार भन्दा कुनै मानेमा फरक छैन्। अवार्ड जित्नुका साथै मनोनयनमा पर्नुलाई पनि कलाकारहरु आफ्नो अहोभाग्य सम्झन्छन्। ओस्कार मनोनयनमा पर्नु एउटा सफलता हो तर जित्नुले नै भने ठूलै अर्थ राख्छ। थुप्रै गिनेचुनेका हलिउडकर्मीहरुले ओस्कार अवार्ड उचालेका छैनन्। यसरी अवार्ड नउचाल्नेमा यस्ता हलिउड कलाकारहरु छन् जसले थुप्रै पटक ओस्कारमा मनोनित भएर पनि ओस्कार अवार्ड आफ्नो पोल्टामा पार्ने सौभाग्य पाएका छैनन्। पाँचदेखी आठौं पटक मनोनित भएर पनि अवार्ड नपाउने इतिहास पनि छ।
यस वर्षको ओस्कार आगामी फेब्रुवरी १२ मा आउँदो शुक्रबार हुँदैछ। यस समारोहमा पहिलो पल्ट ओस्कार पाउने आकांक्षी पनि छन्। ओस्कार उनीहरुको पोल्टामा जाला या नजाला शुक्रबार थाहा हुने नै छ। तर, पटक पटक मनोनित भएर पनि ओस्कार नजित्ने १० हलिउड कलाकारहरुको सूचि भने यस्तो छ:
क.   पिटर ओ तोले (८ पटक)
वेस्ट एक्टर इन लिडिङ रोल: लरेन्स अफ अरेविया, १९६३; बेकेट्, १९६५; द लायन इन द विन्टर, १९६९; गुडबाइ मिस्टर चिप्स, १९७०; द रूलिङ् क्लास, १९७३; द स्टन्ट म्यान, १९८१; माइ फेभरेट इयर, १९८३; भेनस, २००७।
ख.   रिचार्ड ब्रुटन ( ७ पटक)
वेस्ट एक्टर इन सपोर्टिङ रोल: माइ कउजिङ रसेल, १९५३; वेस्ट एक्टर: द रोब, १९६४; बेकेट, १९६५; द स्पाइ हु केम इन फ्रम द कोल्ड, १९६६; हू इज अफ्रेड अफ
भर्जिनया उल्फ,१९६७; एनी अफ द थाउजेन्ड देज, १९७०; इक्विस, १९७८।
ग.    डिबोरा केर (६ पटक)
बेस्ट एक्ट्रेस: एडवार्ड माइ सन, १९५०; फ्रम हेयर टु इटर्निटी, १९५४; उ किङ्ग एण्ड आइ, १९५७; हेभन नोज मिस्टर एलिसन, १९५८; सेपरेट टेबल्स, १९५९; द सनडाउनर्स, १९६१
घ.    गेन क्लोज (६ पटक)
बेस्ट एक्ट्रेस इन सपोर्टिङ् रोल: उ वल्ड एकर्डिङ टु ग्राप,१९८३ ; द बिग चिल, १९८४; द नेचुरल, १९८५; बेस्ट एकट्रेस: फ्याटल एट्र्याक्सन, १९८८; डेन्जरस लाएसन्स, १९८९; अल्बर्ट नोब्स, २०१२
ङ.     थेल्मा रिटर (६ पटक)
बेस्ट एक्ट्रेस इन सपोर्टिङ् रोल: अल एबाउट इभ,१९५१; द मेटिङ सिजन, १९५२; वीथ अ सङ् इनमाइ हार्ट, १९५३; पिकअप इन साउथ स्ट्रिट, १९५४; पिलो टक,१९६०; बर्डम्यान अन अल्कटार्ज, १९६३
च.    अल्वर्ट फिने (५ पटक)
वेस्ट एक्टर: टम जोन्स, १९६४; मर्डर अन द ओरियन्ट एक्सप्रेस,१९७५; द ड्रेसर,१९८४; अन्डर द भल्कानो,१९८५; बेस्ट एक्टर इन सपोर्टिङ रोल: इरिक ब्रोचोभिच,२००१।
छ.   एमी एडम्स (५ पटक)
बेस्ट एक्ट्रेस इन सपोर्टिङ् रोल: जुनवर्ग, २००६; डाउट,२००९; द फाइटर,२०११; द मास्टर,२०१३; बेस्ट एक्ट्रेस:अमेरिकन हसल,२०१४।
ज.   आर्थर केनेडी (५ पटक)
बेस्ट एक्टर इन सपोर्टिङ रोल: च्याम्पियन, १९५०; ब्राइट भिक्ट्री,१९५२; ट्राइल,१९५६; पेटन प्लेस,१९८५८; सम केम रनिङ, १९५९।
झ.   इरेन डुने (५ पटक)
बेस्ट एक्ट्रेस इन लिङिङ् रोल: किमारन,१९३१; थियोडरा गोज वाइल्ड,१९३७; द अफूल ट्रुथ,१९३८; लभ अफेयर,१९४०; आइ रिमेम्बर मामा,१९४९।
ञ.    लियोनार्दो डि क्यापरियो (५ पटक)
बेस्ट एक्टर इन सपोर्टिङ् रोल: ह्वाट्स इटिङ ग्लिबर्ट ग्रेप, बेस्ट एक्टर: द एभिएटर,२००५; बल्ड डायमण्ड,२००७; द उल्फ अफ वालस्ट्रिट,२०१४, द रेभनेन्ट, २०१६(नतिजा आउन बाँकी)।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment