'टाइटनिक' हिरोका लागि आफ्नो सुन गालेर ओस्कार अवार्ड बनाउँदै लियोनार्दोका फ्यानहरु

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


यसपटकसम्म गरेर 'टाइटनिक' फेम हलिउड अभिनेता पाँच पटक ओस्कारका लागि मनोनित भइसकेका छन्। तर, पटक पटक ओस्कारको मनोनयनमा परेर पनि एक पटक पनि अस्कार उचाल्न नसकेका अभिनेतामा पर्छन् उनी। धेरैले १२ फेब्रुवरीमा हुने ओस्कारमा त्यसको क्रमभंगता हुने विश्वास गरेका छन्। 'द रेभनेन्ट'मा उनले गरेको दमदार अभिनयका कारण यसपटक उनी कुनै पनि हालतमा विजेता हुने ठोकुवा गर्नेहरु धेरै निस्केका छन्।
ओस्कार अघिका अन्य विभिन्न फिल्म अवार्डमा उनले आफूलाई विजेता बनाइसकेकाले पनि यस्तो दाबी गर्नेहरु बढेका हुन्। उनका करौडौ फ्यान उनले यसपटक अवार्ड उचाले हुन्थ्यो भन्ने कामना गरेर बसेका छन्। यसो हुँदाहुँदै पनि उनीहरु ढुक्क भने छैनन्।
यस्तै चर्चाकाबिच उनका रसियाली फ्यानहरुले उनलाई आफ्नो तर्फबाट ओस्कार दिन आफ्ना अमुल्य सुन र चाँदीका गहना गालेर ओस्कारको प्रतिमूर्ति तयार गर्न लागेको खबर बाहिरिएको छ। रसियाको यूकिता क्षेत्रका महिला प्रशंसकले यस्तो गरेको पश्चिमा मिडियाले उल्लेख गरेका छन्। उनीहरुले १२ इन्च अग्लो ओस्कार प्रतिमूर्ति तयार गर्न थालेका छन् जसको बजार मुल्य करिब एक लाख रसियन रुबेल हुन्छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment