रक्सी पिउँदा २६ विद्यार्थीको मृत्यु

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

इन्डोनेसिया— इन्डोनेसियामा कमसल खालको रक्सीले २६ जनाको ज्यान गएको छ। इन्डोनेसियाको मध्यप्रान्त जाभामा अवैध रुपमा उत्पादित कमसल रक्सीले ती व्यक्तिको मृत्यु भएको एएफपीले जनाएको छ। 
जाभाको उत्तरी नगर स्लेमनमा सो उत्पादन गरिएको रक्सी सेवनबाट ती व्यक्तिको ज्यान गएको अनुसन्धानमा खटेका प्रहरीले जनाएका छन्। उनीहरुकाअनुसार रक्सी विषाक्त रहेको र त्यसैले कम्तिमा २६ जनाको ज्यान गएको पुष्टि गरेका छन्।

ज्यान जानेमा धेरैजसो विद्यार्थी रहेका छन्। उनीहरु घरमा बनेको रक्सी सेवन गर्न नाम बदलेर त्यहाँ त्यहाँ गएका थिए। कतिपयले भने किनेर घरैमा ल्याएर खाएका थिए।

त्यसमा परी अरु पनि कैयौँ नागरिक गम्भीर रुपमा विरामी परेका छन्।

उक्त नगरमा रक्सी निर्माणमा सम्लग्न भएको आशङ्कामा एकजना दम्पतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गम्भीर घाइते व्यक्तिको उपचार जारी छ। तर त्यसका कारण विरामी परेकाहरुको पहिचान भने खुलाइएको छैन। रासस/एएफपी 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment