एक सातापछि तेलको लाइन बस्नु नपर्ने, सबै पम्पबाट तेल बाँडिने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Petrol

विन्द्र घिमिरे २६ माघ, काठमाडाैं । भारतको अघोषित नाकाबन्दी हटेपछि नेपाल आयल निगमले नियमित रुपमा तेल बाँड्ने तयारी गरेको छ । अब तेलका लागि लाइन बस्नु नपर्ने नियमको दाबी छ । 
अघिल्लो साता वीरगञ्ज नाका खुलेपछि इन्धन आपूर्ति बढेको छ । सोमबार मात्र रक्सौल डिपोले झण्डै ४ लाख लिटर तेल दिएको छ ।
अब अर्को साताबाट नियमित रुपमा तेल बाँड्न सकिने आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरलाई बताए । ‘एक हप्तापछि नै सबै पम्पबााट नियमित रुपमा तेल बाँड्ने योजना छ ।’ उनले भने-‘अब ८/१० दिन भित्र लटका आधारमा लाइनमा बसेर तेल भर्ने दिन सकिन्छ ।’
तर, त्यसका लागि भारतीय आयल कर्पोरशेन (आईओसी) का लागि रक्सौलसहितका डिपोले मागेअनुसार तेल दिनुपर्ने घिमिरेले बताए । ७० प्रतिशत तेल भित्रिने वीरगञ्ज नाका खुलेपछि एक हप्ताभित्रै तेल आपूर्ति पूर्ववतः रुपमा फर्काउन सकिने आयल निगमको निश्कर्ष छ ।
आयल निगमले आईओसीको रक्सौल डिपोसँग मंगलबार झण्डै १६ लाख लिटर तेल मागेको छ । सोमबार मागको ५० प्रतिशत तेल दिएको रक्सौल डिपोले आज लोड बढाएर १५ लाख लिटर पुर्‍याउने निगमको विश्वास छ ।
अब वीरगञ्ज नाकाबाट भित्रिएको तेल मध्य तराई, काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बढी आपूर्ति गर्ने निगमको योजना छ ।
प्रवक्ता घिमिरेका अनुसार एकहप्तासम्म आएको तेलले डिपोहरुमा रित्तिएको ट्यांकहरु भरिनेछ । यो बीचमा लट अनुसार निजी सिवारीलाई तेल वितरण पनि जारी पनि राख्ने निगमले जनाएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment