भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
शनिबार दिउँसो नुवाकोटमा माइक्रो बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। नुवाकोटका नेपाल प्रहरीका डिएसपी सिद्धिविक्रम शाहले काठमाडौंबाट तालिममा नुवाकोट जाँदै गरेका नेपाली सेनाका सैन्य चढेको माइक्रो बस केउरेनीमा दुर्घटनामा परेको बताए।
काठमाडौंबाट त्रिशुली जाँदै गरेको बा १ ज ७५८३ नम्बरको माइक्रो बस दुर्घटना हुँदा ५ जना नेपाली सेनाका तालिमरत सैन्यको मृत्यु भएको पुष्टि भइसकेको नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले सेतोपाटीलाई बताए। सो माइक्रो बसका १३ जना सैनिक र केही सर्वसाधारण सवार थिए। मृतकको सनाखत भइसकेको छैन।
घाइतेको उद्धार गरी नेपाली सेनाको एमअाइ १७ हेलिकोप्टरबाट काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा ल्याउने तयारी भइरहेको नेपाली सेनाले जनाएको छ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment