भोजको खाना मन नपरेपछि दुलाहाले गरे विवाह नै रद्ध

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

marriage
सनकको पनि सीमा हुन्छ । विवाह समारोहमा बेहुली पक्षले आयोजना गरेको भोजको खाना मन नपरेको भन्दै बेहुलाले विवाह नै रद्ध गरिदिएका छन् । सुन्दा पनि कुनै फिल्मको कथाजस्तै लाग्ने यो घटना छिमेकी मुलुक भारतको कर्नाटक राज्यस्थित तुमकुरु जिल्लाको कुनिगल गाउँमा भएको हो ।
विवाह समारोहमा उपस्थित झण्डै ३ सय जना पाहुनाहरु तब तिनछक परे जब २७ वर्षका बेहुलाले एकाएक आफुले बिहे नगर्ने घोषणा गरे । बिहे गर्नका लागि दुलहीकोमा आइसकेको बेहुलाले एकाएक बिहे इन्कार गर्नुको गुह्य कारण बेहुली पक्षले भोजमा बनाएको खाना मन नपर्नु ।
बैंगलोरका बासिन्दा ती सनकी बेहुलाको त्यो सनकलाई उनका बाबु तथा परिवार र अन्य जन्तीले घिउमा आगो थप्ने काम गरे र दुलहीका परिवारसँग निहुँ खोजेर झगडा सुरु गरे । त्यसपछि बेहुलासँगै जन्ती आएका सबै बिहे स्थल छाडेर फर्किए ।
बिचरा ती बेहुलीका पिता, छोरी बिहे गर्न भनेर आएको हुनेवाला ज्वाइँले खाना मिठो नभएको भन्दै झगडा गरेर फर्किएपछि ठूलो चिन्तामा परे । सिँगारेर मण्डपमा ल्याइसकेकी बेहुलीलाई उनले अर्को वर खोजेर अन्माउने निधो गरे ।
उपस्थित पाहुनाहरुलाई कुनै योग्य वर भएमा खोज्न भनियो । पाहुना आएकामध्येकै एकजना युवाले आफुले ती युवतीसँग बिहे गर्न तयार रहेको बताए । बेहुली पनि बिहेका लागि राजी भइन् र सोही समारोहमा दुईजनाको बिहे सम्पन्न भयो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment