प्रधानमन्त्रीको भारत भ्रमण फागुन ७ देखि ११ सम्म

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


माघ १५, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ देखि ११ सम्म भारत भ्रमणको तयारी गरेका छन् ।
भारतीय अधिकारीहरुसँगको औपचारिक छलफलपछि संविधान संशोधनपछि मधेसी दलको आन्दोलन मत्थर भएको र नाका पनि सहज हुने मुल्यांकन गर्दै ओली भारत जान लागेका हुन् । भारत लगत्तै ओली चीनका पनि भ्रमणमा जानेछन् । चीनसँग द्विपक्षीय रणनीतिक महत्त्वको सम्झौता गर्ने तयारी छ ।  
 
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका लागि अर्थमन्त्री विष्णु पौडेल माघ २४ दिल्ली जाने भएका छन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा पौडेल तीन दिनका लागि  दिल्ली जान लागेका हुन् ।
पौडेलेको भ्रमणपछि प्रधानमन्त्री भ्रमणको मिति औपचारिक सार्वजनिक हुनेछ । तर फागुन ७ देखि ११ गते सम्म भ्रमण गर्ने गरी अनौपचारिक मिति प्रस्तावित छ ।
प्रधानमन्त्रीको भ्रमण अघि अर्थमन्त्री आइदिए हुन्थ्यो भन्ने मनसाय भारतीय पक्षले प्रकट गरेपछि पौडेल त्यहाँ जान लागेका हुन् । ‘अर्थ मन्त्रीले प्रधानमन्त्री भ्रमणको तयारी गर्ने र पुनर्निर्माण सम्बन्धि छलफलमा भाग लिनुहुनेछ,’ प्रधानमन्त्रीका परराष्ट्रमामिला विज्ञ गोपाल खनालले भने । उनका अनुसार मन्त्री पौडेलले दिल्ली गएकै दिन विदेशमन्त्री सुषमा स्वराजसँग भेटवार्ता गर्ने छन् ।
माघ २५ गते अर्थमन्त्री अरुण जेट्लीसँग भेट्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने त्यही गएपछि भेट्ने समय निर्धारण हुनेछ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment