गायिका कोमल वलीले खोलिन पानी उद्योग

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



गायिका तथा सञ्चारकर्मी कोमल वलीले तुलसीपुर नगरपालिका–६ गोलौरामा पानी उद्योग खोलेकी छन्।  
 
ओम ड्रिङ्किङ वाटर एण्ड ओभरेज उद्योगको स्थापना गरी ‘कोमल जल’ नाम दिएर उनले पानीको उद्योगको स्थापना गरेकी हुन् । ४० लाखको लगानीमा खोलिएको सो उद्योगमा हाल चारजनाले रोजगारी पाएका छन् । उद्योगको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले उद्घाटन गरे। 
 
वलीले आफू स्थानिय बासिन्दा भएकाले आफ्नो ठाउँको सेवा गर्नका लागि पानी उद्योग खोलेको बताइन्। आफनो उद्योगबाट बिक्री भएकामध्ये प्रतिबोतल १० पैसा सामाजिक हितमा खर्च गर्ने उनको भनाइ छ। कार्यक्रममा हास्यकलाकार जीतु नेपाल, कमल गाउँले, गायिका ऋतु कँडेललगायतका कलाकारले आ–आफना प्रस्तुती राख्नुभएको थियो। रासस

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment