प्रविधि मेलामा प्रधानमन्त्री ओलीका पाँच नयाँ किस्सा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भाषणमा माहिर छन् । टुक्का होलर गर्ने उनको सम्बोधन र राजनीतिक घटनाक्रमबारे तिखो टिप्पणीले जति उनको आलोचना हुन्छ, त्यति नै प्रशंसक पनि छन् ।
प्रधानमन्त्री भएपछि धेरै महत्वकाक्षी घोषणा गरेको भन्दै उनको आलोचना पनि भएको छ । तर, पनि उनको शैली फेरिएको छैन ।
प्रधानमन्त्री ओली शुक्रबार सूचना प्रविधिसम्वन्धी मेला उद्घाटन गर्न पुगे । निर्धारित समयभन्दा झण्डै २ घन्टा ढिला पुगेका प्र्रधानमन्त्रीले सूचना प्रतिधिबारे केही सिस्सा र योजना सुनाएका छन् ।
तीमध्ये केही यस्ता छन्-
१. बंगलादेशलाई आफूलाई नयाँ ढंगले घोषणा गर्‍यो । हामीले डिजिटल नेपाल भन्छौं कि इन्फरमेशन फ्रेन्ड्ली देश भन्छौं । जे भने पनि इ-गभर्नेन्सतिर नगइ धरै छैन । धन्न बंगलादेशले भनेछ, मैले भनेको भए उहाँ धेरै बुद्धिजिवी .. -मुस्कुराउँदै प्रधानमन्त्री अडि्डए र हलमा हाँसोको फोहोरा छुट्यो) धेरै रोइकराइ गर्थे । देश विकास गर्ने कुरा गर्ने हो भनेर धेरै रिसाउँथे ।
म फेरि खुलस्त भन्न चाहन्छु, हामी देशलाई यथावत रुपमा चल्ने चलाउने पक्षमा छैनौं । भन्न पाइन्छ कि पाइँदैन थाहा छैन । तर, हामी बाटाहरुलाई छोटा, राम्रो बनाउने र कतिपय ठाउँमा सुरुङ मार्गबाट पनि लाने कुरा गर्छौं । अचम्म लेख्छन् ढुक्कसँग र विकासका कुरा हाक्काहाक्की गर्ने भनेर उडाउँछन् ।
२. मेरै पार्टीभित्र पनि एक पटक चर्चा चलेको थियो । सञ्चार माध्यमहरुले सोधे, पार्टीका नेताहरु सुविधा भोगी भए । मोबाइल बोकेर हिड्छन् । मोबाइल चलाउने सुविधा भोगी । जसलाई सोधियो, त्यो नेता डराउनु पर्ने । हँ होर भन्नु पर्ने अवस्था थियो । अलिपछि काठमाडौंमा हल्ला चल्यो, हङकङमा त ड्राइभरले पनि मोबाइल बोकेर हिड्छन् रे । तपाईहरुले पनि सुन्नु भो होला ।
३. नेपालीहरुमा आत्मविश्वास पलाउन खोजेको हो कि जस्तो लाग्दैछ । बङ्गबन्धु कपमा पनि नेपाली टोलीले बहराइनलाई जितेर एउटा कीर्तिमान बनायो । जित्न सकिन्छ, अरुका देशका युवाहरुले खेल्ने, हाम्रा देशका बुढाहरुले खेल्ने होइन नि । हाम्रा पनि युवाले खेल्ने हो । -हाँसो) हामीले नजित्नु पर्ने कुनै कारण छैन । अलिकति सुविधा र अभ्यासको कमी हो, बढाए हुन्छ ।
४. अरुले चाहिँ इगभर्नेन्समा जान्छौं भन्ने । हामी चाहिँ काग करायो, ठूटामा बसेर के सन्देश ल्यायो भन्ने । कताको मोबाइल कताको काग । अझै हाम्रो मानसिकता ठुटामा बसेर काग करायो शुभ बोल शुभ बोल भन्ने छ । उहिले टेलिफोन नहुँदा त्यसबाट पनि चित्त बुझाउनु पथ्र्यो । अब श्रीमान लाहुर गएको हुने, पीर त पर्ने भो । अब कागबाट सन्देश लिने होइन, टेक्नोलोजीको प्रयोग गर्ने हो ।
५. दक्षिणतिरको सीमानामा ब्लकेड कसैले गरेको छैन, सामान आउँदैन । कति नोक्सान गरेको छ, लेखाजोखा नै छैन । ब्लकेड कोही पनि होइन भन्छ । तर, समान आउँदैन । ‘गाउँघरतिर धामी बस्दा भूतप्रेतलाई खरानीको रेखा भन्दा उतै राख, आकास बाँधू, पाताल बाँधू चारकिल्ला बाँधू भने जस्तै ब्लकेड पनि त्यस्तै छ, आकास बाँधू, पाताल बाँधू, चारकिल्ला बाँधू खरानीको रेखैको भरमा चलेको छ । अब त्यो खुल्छ । खुल्ने अवस्थामा पुगिसक्यो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment