इजरायल जान एक सय जनाको आवेदन छनोट

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



इजरायलका केयरगिभरका रुपमा रोजगारीमा जान पहिलो चरणमा १०० जना आवेदक परीक्षार्थीका रुपमा चिट्ठा प्रणालीबाट छनोट गरिएको छ । 
 
वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै छनोटमा परेको आवेदकको माघ १९ गते मनमोहन मेमोरियल कलेज सोह्रखुटेमा परीक्षा हुने जनाएको छ । 
 
परीक्षा दिन आउँदा राहदानी र नागरिकताको सक्कली प्रमाणपत्र लिएर उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । 
 
सरकारबाट अधिकारप्राप्त निकायबाट परीक्षा हुन लागेकाले परीक्षा स्वच्छ, पारदर्शी एवम् निष्पक्ष हुने र कुनै असान्दर्भिक व्यक्ति, संस्था, निकायसँग आर्थिक कारोबार नराख्न विभागले परीक्षार्थीलाई ध्यानाकर्षण गराएको छ । रासस 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment