साउनदेखि नेपाल एयरलाइन्सको टिकट अनलाइनबाट किन्न सकिने -

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Nepal-Airlines
१५ माघ, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) ले आगामी साउनदेखि अनलाइन टिकेटिङ सिष्टम लागू गर्ने भएको छ । नेवानिको तीन वर्षे सुधार कार्ययोजनामा अनलाइन टिकेटिङ सिष्टमलाई प्राथमिकतामा राखिएको छ ।
यस्तो सिष्टम लागू भएपछि विश्वका दुई सय मुलुकबाट घरमै बसेर अनलाइनमार्फत टिकट बुकिङ तथा खरिद गर्न सकिने छ । टिकटको रकम के्रडिट कार्डमार्फत भुक्तानी गर्न सकिने निगमले जनाएको छ ।
अहिले धेरै एयरलाइन्स कम्पनीले इ-टिकेटिङ सिष्टम लागू गरिसके पनि नेवानिले परम्परागत रुपमै टिकट बिक्री गर्दै आइरहेको छ । जहाजको एउटा टिकट लिनका लागि ट्राभल एजेन्सी वा नेवानिको कार्यालय धाउनुपर्छ ।
नेवानिलाई प्रतिस्पर्धी बनाउनका लागि पनि अनलाइन टिकेटिङ सिष्टम लागू गर्नैपर्ने हुन्छ । नेवानिले बिक्री गर्ने हवाई टिकट र अन्य शुल्क दस्तुरको भुक्तानी क्रेडिट कार्डमार्फत लिने प्रणालीको प्रारम्भ गरी विस्तार गर्ने कार्ययोजनामा उल्लेख छ ।
नेवानिले आगामी मंसिरसम्म आम्दानी, ई-टिकेटिङ, अनलाइन टिकेटिङ लगायतका सूचना प्रविधिसँग सम्बन्धीत विषयलाई व्यवस्थीत गर्न उपयुक्त संगठन संरचना स्वीकृत गरी कार्यान्वयनमा ल्याउने कार्ययोजनामा उल्लेख छ ।
यसैगरी अनलाइन टिकेटिङ सिष्टम लागू हुने बेलासम्म फि्रक्वेन्ट फ्लायर/माइलेज कार्यक्रम कार्यान्वयनका लागि गृहकार्य शुरु गर्ने तयारी गरिएको छ ।
यो कार्यक्रम लागू भएपछि नेवानिको कुनै पनि फ्लाइटमा जाँदा यात्रुले निश्चित अंक प्राप्त गर्नेछन् । यो अंक बढेर तोकिएको बिन्दूमा पुगेपछि यात्रुले निःशुल्क टिकट प्राप्त गर्न सक्छन् ।
अहिले नेवानिले दुईवटा बोइङ र दुईवटा एयरबसबाट  भारत, हङकङ, थाइल्यान्ड, कतारका विभिन्न ७ गन्तव्यमा उडान भर्दै आइरहेको छ ।
निगमले छिट्टै दुईवटा वाइड बडी जहाज ल्याउँदैछ । जसबाट कोरिया, जापान, बेलायत, सिंगापुर हुँदै अष्ट्रेलिया, चीनका विभिन्न ठाउँमा उडान गर्ने तयारीमा छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment