राहत वितरण गर्न विश्व तेक्वान्दोका उच्च अधिकारी नेपालमा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

भूकम्प पीडितहरुलाई राहत वितरण गर्न विश्व तेक्वान्दोका उच्च अधिकारीहरु शुक्रबार नेपाल आएका छन्।
विश्व तेक्वान्दो महासंघका अध्यक्ष डा. छुङवोन छोको नेतृत्वमा १३ सदस्यीय टोली नेपाल आएको हो। टोलीमा एसियाली तेक्वान्दो युनियनका अध्यक्ष, अफ्रिकन तेक्वान्दो युनियनका अध्यक्ष, युरोपियन तेक्वान्दो युनियनका अध्यक्ष, तेक्वान्दो महासंघका निर्देशक, तेक्वान्दो महासंघका सल्लाहकार लगायतका उच्चपदस्थ अधिकारीहरु छन् तेक्वान्दो महासंघको टोलीले सिन्धुपाल्चोकका भूकम्पपीडितहरुलाई राहत वितरण गर्ने कार्यक्रम रहेको छ। नेपाल तेक्वान्दोका संघका सदस्य दीपक बिष्टका अनुसार टोलीले राष्ट्रपति, प्रधानमन्त्रीलगायत यहाँका उच्च सरकारी अधिकारीहरुसँग पनि भेट गर्नेछ।
 त्यस्तै पोखरामा हाइ अल्टीच्यूटमा हुने पुम्से प्रतियोगिताको स्थलगत निरीक्षण पनि गर्ने नेपाल तेक्वान्दो संघले जनाएको छ। नेपाली तेक्वान्दोको इतिहासमा एकैपटक विशिष्ट महानुभावहरु सम्मिलित टोली नेपाल आएको  थिएन। अध्यक्ष छोलाई स्वागत गर्न तेक्वान्दो संघका पदाधीकारी तथा सदस्य, बरिष्ठ प्रशिक्षक, प्रशिक्षक, खेलाडी तथा तेक्वान्दोका विभिन्न निकायका ब्यक्तिहरु त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment