५५९ जनाले गाए ‘प्रेमगीत’को कभर गीत, छान्नुहोस् उत्कृष्ट १०

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


२ महिना अगाडि चलचित्र प्रेमगीतको शिर्षगीतको कभर गीत गाउनका लागि भन्दै यसको निर्माण कम्पनी आशुसेन फिल्मस्ले प्रतियोगीताको घोषणा गरेको थियो ।
यो प्रयितोगीताका लागि विश्वभरबाट ५५९ जनाले कभर गीत गाएर पठाएको यसको निर्माणपक्षले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।
सम्पूर्ण भिडियोलाई आजबाट आशुसेन फिल्मस्को युटुब च्यानलमा अपलोड गरिएको जानकारी निर्माता सन्तोष सेनले दिएका छन् । यी भिडियो मध्येबाट सर्वाधिक धेरै भिजिटर पाउन सफल १० भिडियो छानिनेछ ।
यस्तै, भिजिटर कम भएर पनि प्रतिभावान् कलाकारमध्येबाट ५ जनालाई वाइल्र्ड कार्ड इन्ट्रीको रुपमा प्रवेश गराइनेछ । उत्कृष्ट १५ को फाइनल वृहत्त सांगीतिक कन्सर्ट मार्फत फागुन ८ गते गरिने जानकारी पत्रकार सम्मेलनमा गराइयो ।
गायिका अञ्जु पन्त, गायक सुगम पोख्रेल र संगीतकार अर्जुन पोख्रेलले उत्कृष्ट एक छान्नेछन् । विजेताले कलर्स मोबाइलको तर्फबाट नगद एक लाख पुरस्कारका साथै आगामी चलचित्रमा गाउने मौका समेत पाउनेछन् । यस्तै, सम्पूर्ण १५ जनालाई एक-एक थान कलर्स मोबाइल प्रदान गरिनेछ ।
आज भन्दा अगाडि कभर गीत गाउनेले आफ्नै युटुबबाट अपलोड गरिएका भिडियो र त्यसको भिजिटरलाई मान्यता नदिइने पत्रकार सम्मेलनमा बताइयो ।

माघ २९ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । गीतसंगीतका कारण  सर्वाधिक चर्चामा रहेको यो चलचित्रमा पूजा शर्मा र प्रदिप खड्काको मुख्य भूमिका छ । चलचित्रमा रेनशा राइको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment