भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
स्वीजरल्याण्डले नेपाललाई ३ अर्ब रूपैयाँ अनुदान सहायता दिने भएको छ। स्वीजरल्याण्डले शिक्षा र कृषि क्षेत्रमा विभिन्न तीन वटा परियोजना सञ्चालनका लागि नेपाललाई ३ अर्ब रूपैयाँ अनुदानस्वरूप दिने भएको हो। दुई देशबीच बुधबार अनुदान सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयका सचिव लोकदर्शन रेग्मी र नेपालका लागि स्वीस राजदूत अर्स हेरेनले सम्झौतापत्रमा हस्ताक्षर गरे।
सम्झौता अनुसार, अनुदान रकम कन्स्ट्रक्सन, मेकानिक, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, हस्पिटालिटी र अटोमोबाइलको क्षेत्रमा सीप विकास र रोजगारी सिर्जनामा खर्च हुने छ। यस्तै, अनुदान रकमबाट रामेछाप, ओखलढुंगा, खोटाङ, अछाम, दैलेख लगायतका ९ जिल्लाका कृषकहरूको जीवनस्तर सुधारका लागि दुई वटा परियोजना सञ्चालन गरिने अर्थ मन्त्रालयले जनाएको छ।
0 comments:
Post a Comment