आँफै चलचित्र बनाउँदै प्रियंका चोपडा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

आँफै चलचित्र बनाउँदै प्रियंका चोपडा
मस्तानीबाट उत्कृष्ट सहअभिनेत्रीकी अवार्ड थापेकी र अमेरीकी टीभी सिरीयल क्वान्टिकोबाट प्रसिद्धी कमाएकी बलिउडकी हट अभिनेत्री प्रियंका चोपडाले आफ्नो होम प्रोडक्सनमा यो वर्ष ३ वटा फिल्म निर्माण गर्न लागेकी छिन् । उनको आफ्नै प्रोडक्सन हाउस पर्पल पेव्ली पिक्र्चर्सले सन् २०१६ मा ३ वटा स्थानिय भाषाका चलचित्र रिलिज गर्ने घोषणा गरेको हो ।
उनले भनेकी छन् , ‘आज मनोरञ्जनको दुनिया निकै फराकिलो भइसकेको छ जहाँ भाषा र माध्यमको कुनै वन्देज छैन । मेरो प्रोडक्सन हाउस पर्पल पेव्ली पिक्र्चसले नयाँ कथा र विषयवस्तुलाइ समेट्ने छ । हाम्रो देश कला र कलाकारको खानी हो र हामी त्यही कला र क्षमतालाइ स्थान दिन चाहन्छु’ । मेरा ३ नयाँ चलचित्र भिन्न धार र भाषाका छन् । ‘म स्थानिय चलचित्रको प्रचार गर्दै सक्षम कलाकारलाई काम गर्ने स्थान र वातारण बनाउन चाहन्छु’ । प्रियंकाले भनिन् । उनका ३ नयाँ  भिन्न धार र भाषाका चलचित्र निम्न छन् ।
बम बम बोल रहा है काशी
यो चलचित्र प्रेममा आधारीत छ । यसका निर्देशक र लेखक सन्तोष मिश्रा हुन् । यस चलचित्रमा भोजपुरी कलाकार निरहौ र आम्रपाली दुवेलाइ अनुबन्धित गरिएको छ, जुन यही महिनाबाट सुटिङको तयारीमा छ यो वर्षको मे मा रिलिज हुनेछ ।
भेन्टिलेटर
मराठी भाषामा निर्माण गरिने चलचित्र भेन्टिलेटरका लेखक र निर्देशन राजेश मपुश्करको हुनेछ । यो चलचित्र पुरै ड्रामामा आधारीत छ ।  मराठी र थिएटर कलाकारसंगैै यो चलचित्रको सुटिङ यही माघ देखि सुरु गरेर गणेश चतुर्थिमा रिलिज गर्ने लक्ष छ ।
एक ओनकर
युवा एनआरआइको विषयलाइ लिएर बनाइने यस चलचित्रका लेखक अमरदिप सिंह र निर्देशक करण गुलानी हुन् । यो चलचित्रमा पंजावी सुपरस्टारले अभिनय गर्ने छन् भने यही फागुन मा सुटिङ गरेर गुरुनाक जयन्तिमा रिलिज हुने छ । एजेन्सी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment