यौन कार्य गर्नुअघि प्रहरी स्वीकृति लिन अदालतको आदेश

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

यौन कार्य गर्नुअघि प्रहरी स्वीकृति लिन अदालतको आदेश
लन्डन— वेलायतको एक अदालतले बलात्कार आरोपी एक व्यक्तिलाई सबै किसिमका यौन गतिविधिको अग्रिम जानकारी प्रहरीलाई दिन आदेश दिएको छ। ४० वर्षीय ती व्यक्तिमाथि अदालतमा दोस्रो पटक दायर मुद्दामा यस्तो आदेश भएको हो। पहिलो पटक २०१५ मा उनी आरोपमुक्त भएका थिए।
ती व्यक्तिले आफूले राजिखुशीले महिलासँग शारीरिक सम्पर्क राख्ने गरेको बयान दिएका थिए। अदालतले उनको मुद्दा किनारा नलागेसम्म कुनै पनि यौनजन्य गतिविधिमा सहभागी हुनुअघि २४ घन्टा पहिले प्रहरीलाई जानकारी दिन अस्थायी आदेश दिएको हो।

¥यार्कको मेजिस्ट्रेले डिसेम्बरमा जारी गरेको अन्तरिम 'सेक्स रिस्क' आदेशलाई थप चार महिनाका लागि बढाइदिएको हो। अदालतले यौन मुद्दामा यस्तो आदेश दिएका व्यक्तिहरुले यौन गतिविधि अगाडि प्रहरीलाई जानकारी गराउनुपर्ने हुन्छ। यसो नगरिएमा मुद्दाका विपक्षीले पाँच वर्षसम्म जेल सजाय भोग्नुपर्ने हुन्छ।

प्रहरीलाई यौन सम्बन्ध राख्नु अघि नाम, उमेर, ठेगाना टिपाउनुपर्ने अदालतले उल्लेख गरेको छ।साथै ठेगाना परिवर्तन भएमा त्यसको जानकारी प्रहरीलाई दिनुपर्ने आदेशमा उल्लेख छ।

अदालतको यो आदेशपछि ती व्यक्तिको मोबाइल तथा इन्टरनेटको पहुँच पनि सीमित हुनपुग्छ। अदालतको अर्को सुनुवाइमा अदालतले यो आदेश अघि बढाउने वा नबढाउने तय गर्नेछ। इङ्ल्यान्ड र वेल्समा गत वर्ष सेक्स रिस्क आदेश पारित गरिएको थियो।

यो बाहेक प्रहरीले पनि सेक्स अपराध खतरा भएका व्यक्तिहरुको निवेदनआधारमा यो आदेश कार्यान्वयन गर्ने गर्छ। पहिला कुनै अपराध इतिहास नभएका व्यक्तिहरुलाई पनि यो आदेश दिन सकिने कानुनी व्यवस्था छ।

प्रहरीको मागमा अदालतले यस्तो आदेश जारी गर्दै आएको छ। 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment