कुवेतमा आममाफी मौका यसरी सदुपयोग गर्नुहोस्

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

भागेका भनी उजुरी परेकाले आममाफी नपाउने
Kuwait-City
११ माघ, कुवेत । कुवेत सरकारले हालै यहाँ कार्यरत अबैधानिक कामदारलाई आममाफीको अबसर घोषणा गरेको छ ।
तर, यस्तो अबसरलाई कसरी सदुपयोग गर्ने भनेर धेरै नेपाली कामदारमा अन्यौल रहेको देखिन्छ ।
यही अन्यौल चिर्न हालै कुवेतस्थित नेपाली दूतावासले आमाफी प्रकृया अपनाएर स्वदेश फर्किने वा यहीँ रहेर वैधानिक हैसियत प्राप्त गर्ने प्रकृयाबारे जानकारी गराएको छ ।
दूतावासले एक सूचना जारी गर्दै गैरकानूनी भएका कामदार जरिवाना तिरेर स्वदेश र्फकन वा भिसा लगाएर कवेतमै बस्ने प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।
कम्पनी वा रोजगारदाताको घरबाट भागेको उजुरी परेका वा आपराधिक गतिविधिमा संलग्नले भने स्वदेश फिर्ताको प्रक्रिया अघि बढाउन नसक्ने दूतावासले जनाएको छ ।
अन्यले भने आ-आफनो पासपोर्ट वा दूतावासबाट जारी गरिएका यात्रा अनुमति-पत्रसहित कुवेतका ६ वटै गभर्नरेटका आफुलाई पायक पर्ने भिसा कार्यालयमा जरिवाना तिरेर स्वदेश र्फकन सकिने सूचनामा उल्लेख छ ।
भिसा कार्यालयमा गएर फिङ्गरपि्रन्ट गराएर प्रक्रिया पुरा गरी स्वदेश र्फकन सकिने छ  ।यसका लागि पुरानो रोजगारदाताको अनुमतिपत्र आवश्यक नपर्ने दूतावासले जनाएको छ ।
तर, भिसा लगाएर कुवेतमै बस्न चाहानेले पुरानो रोजगारदाताबाट अनुमतिपत्र लिएर नयाँ रोजगारदातामार्फत भिसा लगाउन सक्नेछन् ।


भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment