भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
उदयपुर, - कतारमा काम गर्न गएका गएका श्रीमानको शव आउनासाथ घरमा श्रीमतीले आत्महत्या गरेपछि उदयपुरको त्रियुगा नगरपालिका १७ गैरुन यतिबेला शोकमा डुबेको छ ।
३४ बर्षका हरि सदाको साउन २५ गते घरको आठ तला माथिबाट लडेर ज्यान गएपछि शोकमा डुवेको उहाँको परिवारमा सोमबार पुनः अर्को वज्रपात पर्यो ।
सोमबार सदाको शव बाकसमा प्याक गरेर घर आइपुगेको मात्र के थियो । त्यो दृश्य सदाको श्रीमती २४ वर्षकी संगीता बाँतरले हेर्न पनि सक्नु भएन ।
श्रीमानको मृत्युको खबर सुनेदेखि नै शोकमा डुबेकी संगीता श्रीमानको शव घरमा देख्नासाथ मुर्छा पर्नुभयो । सबै जना हरिको अन्त्येष्टिको तयारीमा लागेका बेला उहाँले बिष पिएको कसैले पत्तै पाएनन् ।
जतिबेला संगीतलाई गाउँलेले देखे त्यतिखेर उहाँ विष पिएर छटपटिई रहनु भएको थियो । तत्काल उदयपुर अस्पताल लगिएपनि त्यहाँ उपचार हुन सकेन र सिरहा लैजाने क्रममा बाटोमा नै उहाँको ज्यान गयो ।
संगीताले आत्महत्या गरेपछि ८ महिनाका छोरा र ८ वर्षकी छोरीले बाबु आमा दुवै गुमाएका छन् । अहिले ८ महिनाका भएका छोरा गर्भमा आएको ७ महिनामा हरि विदेशिनु भएको थियो । हरिले चार महिनापछि नेपाल फर्कने तयारी गरिरहेको बेला उहाँका मृत्यु भएको थियो ।
ईश्वरवतिलाई भाई हरिले एक महिना अगाडी मात्र मोवाईलमा सम्पर्क गरेर आफु चाँडै आउने र चटक्क परेको सानो घर बनाएर नेपालमै काम गरेर परिवारसँगै बस्ने कुरा सुनाउनु भएको थियो । ‘तिमीले छोराछोरी छैनन भनेर कहिल्यै चिन्ता नगर दिदी म तिम्रो भाई मात्र हैन, छोरा पनि हुँ,’ भाईले फोनमा भनेको कुरा सम्झँदौ इश्वरवतिले भन्नुभयो ‘म बाँचुन्जेलसम्म तिमीलाई छोराछोरी नभएको आभाष गराउने छैन, म चाँडै घर फर्कन्छु भनेको थियो, आज यो दिन देख्नुपर्यो ।’
एउटै चितामा अन्त्येष्टि
दुबैको शव सोमबार एउटै चितामा राखिएर अत्येष्टि गरिएको छ । एउटै चितामा ८ वर्षकी छोरी उषाले दागत्ती दिएकी थिइन् । संस्कार अनुसार छोराले नै दागबत्ती दिनुपर्ने भएपनि सानो उमेरका कारण उषाले दिएकी हुन् । मोरङको बेलबारी माईती घर भएकी संगीता र हरि दुई वर्षको प्रेम सम्बन्धपछि १० बर्षअघि विवाह बन्धनमा बाँधिएका थिए ।दुई बच्चाको विचल्ली
बुबा र आमाको निधनपछि दुई कक्षामा अध्ययनरत ८ वर्षकी छोरी उषा र ८ महिनाको छोरा उत्तमको विचल्नी भएको छ । उनीहरु दुबैलाई फुपु ईश्वरवति सदाले आफ्नो घर उदयपुरको त्रियुगा नगरपालिका–१४ भाण्टावारी लैजानु भएको छ ।विचल्लीमा परेका दुई बालबालिकाका आफन्तमा एक जना ठूलोबुवा र काका रामकुमार सदाको परिवार छन । मृतक हरिका भाई रामकुमार कतारमा नै श्रम गर्ने भएकोले शव एक महिना भित्रै (चाँडैं) ल्याउन सकिएको छिमेकी मिश्रीलाल सदाले बताउनुभयो
0 comments:
Post a Comment