गोल्डेन ग्लोब्स अवार्डमा लियोनार्दो उत्कृष्ट, फिल्म पनि लियोकै

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

सोमबार बिहान बेभ्री हिल्स हिल्टन होटल, क्यालिफोर्नियामा सम्पन्न  ७३ औं गोल्डेन ग्लोब्स अवार्डमा 'द रेभनेन्ट'बाट हलिउड अभिनेता लियोनार्दो डि क्याप्रियो सर्वोत्कृष्ट अभिनेता बनेका छन्। उनी ड्रामा तर्फको उत्कृष्ट अभिनेता घोषित भएका हुन्। उनी अभिनित फिल्मले पनि यसै विधाबाट आफूलाई सर्वोत्कृष्ट सावित गर्यो। त्यसै गरी कमेडी तथा म्यूजिकल तर्फ भने 'द मार्सियन' फिल्मबाट म्याटडेमन सर्वोत्कृष्ट बने। फिल्मतर्फको उपाधि पनि 'द मार्सियन' कै पक्षमा गयो।

त्यसैगरी अभिनेत्री भने 'रूम' फिल्मकी ब्रेइ लारसनले जित्दा ड्रामा फिचर फिल्मबाट जेनिफर लरेन्सले 'जोय' फिल्मबाट जितिन्। सर्वोत्कृष्ट सह-अभिनेता तथा सह-अभिनेत्रीको अवार्ड भने 'क्रिड' फिल्मबाट सिल्भेस्टर स्टालोन र 'स्टिभ जब्स'बाट केट विन्सलेटले पाइन्। निर्देशनको अवार्ड भने 'द रेभनेन्ट'का निर्देशक एलेजान्द्रो गोन्जालेजले उचाले।
 
विजेताहरुको सुचि यसप्राकार छ:  
बेस्ट मोसन पिक्चर, ड्रामा:              द रेभनेन्ट
बेस्ट मोसन पिक्चर; म्यूजिकल/कमेडी:     द मार्सियन
बेस्ट डिरेक्टर:                         एलेजान्द्रो गोन्जालेस- द रेभनेन्ट
बेस्ट एक्टर; मोसन पिक्चर ड्रामा:         लियोनार्दो डि क्याप्रियो- द रेभनेन्ट
बेस्ट एक्टर; मोसन पिक्चर म्यूजिकल/कमेडी: म्याट डेमन- द मार्सियन
बेस्ट एक्ट्रेस; मोसन पिक्चर ड्रामा:          जेनिफर लरेन्स- जोय
बेस्ट एक्ट्रेस; मोसन पिक्चर म्यूजिकल/कमेडी: ब्रेइ लार्सन- रूम
बेस्ट सपोर्टिङ् एक्टर; मोसन पिक्चर:        सिल्भेस्टर स्टेलन- क्रिड
बेस्ट सपोर्टिङ् एक्ट्रेस; मोसन पिक्चर:         केट विन्सलेट- स्टिभ जब्स
बेस्ट स्क्रिनप्ले:                           आरोन सोरकिन- स्टिभ जब्स
बेस्ट ओरजिनल स्कोर:                    इनियो मोरिकोन- द हेटफूल एट
बेस्ट ओरजिनल सङ्:                      राइटिङ् अन द वाल- स्पेक्ट्र
बेस्ट फरेन ल्याङ्ग्वेज फिल्म:                     सन अफ सउल- हङ्गेरी
बेस्ट एनिमेटेड फिचर फिल्म:                इनसाइड आउट

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment