फ्री भिसामा मलेसिया जाने कामदारको अभाव

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


Nepalese migrant workers arrive at Kathmandu airport

मुद्रा अबमूल्यन र असुरक्षाको भय

१८ माघ, काठमाडौं । एक बर्षअघिसम्म पनि बैदेशिक रोजगारीमा जाने नेपाली कामदारको पहिलो रोजाइको गन्तब्य हुन्थ्यो- मलेसिया । नेपालसँग मिल्दो हावापानी र अन्य मुलुकभन्दा केही आकर्षक कमाइका कारण नेपाली कामदार एकदेखि डेढ लाख रुपैयाँसम्म खर्चेर मलेसिया जान्थे ।




तर, यतिबेला परिस्थीति फेरिएको छ । मलेसियाबाट आएका करिव १२ हजार माग काठमाडौंका म्यानपावरका थन्किएका छन् । उहिले पैसा तिरेर जाने नेपाली कामदार अहिले फ्री भिसामा पनि मलेसिया जान खोज्दैनन् ।
एकातिर फ्री भिसा र फ्री टिकटको निर्णयका कारण मलेसियाबाट नेपाली कामदारको माग घट्दो छ भने आएका मागमा पनि कामदार पाउन निकै गाह्रो छ भन्छन् वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष बिमल ढकाल ।
मलेसिया जान तयार हुने युवाको संख्या न्युन भएपछि म्यानपावरहरुलाई माग पूर्ति गर्नु टाउको दुखाइ बनाएको छ ।
‘हजारौंको डिमान्ड छ । तर, त्यसअनुसार कामदार मलेसिया जान तयार भएनन्,’ महासंघका उपाध्यक्ष कुमुद खनालले भने-‘यसमा विभिन्न कारणहरु छन् । तर, मलेसियमा जान नेपाली युवा अहिले पटक्कै इच्छुक देखिएका छैनन् ।’
उनले आफ्नो कम्पनीसँग पनि मलेसियाबाट ७० वटा डिमान्ड आएकोमा सबै कामदार पठाउन नसकिएको सुनाए ।
असुरक्षाको भ्रम मुख्य कारणः व्यवसायी  
मलेसिया नेपाली कामदारका लागि असुरक्षित छ भनेर सामाजिक सञ्जालमा हुने प्रचारबाजीले नै माग अनुसार कामदार पठाउन नसकिएको व्यवसायीको ठहर छ ।
विशेषगरी मलेसियामा नभएका घटनाहरु पनि सामाजिक सञ्जालमा आउँदा समस्या भएको व्यवसायीको तर्क छ ।
‘प्रायः सबै युवा सामाजिक सञ्जालमा आवद्ध छन् । उनीहरुले फेसबुक र ट्वीटर लगायत सामाजिक सञ्जालमा भितनाम र कम्बोडियाका हत्या र आक्रमणका घटनाका विभत्स तस्वीर मलेसियाको भन्दै पोष्ट गरिएका छन्’ उपाध्यक्ष खनालले भने-‘त्यस्ता पोष्टहरुले मलेसियाका ज्यादै असुरक्षित रहेको भन्ने भ्रम फौलाएको छ ।’
पछिल्लो समयमा मलेसियामा देखिएको आर्थिक संकटले त्यहाँको मुद्रा कमजोर हुनु पनि नेपाली कामदारको आकर्षण घट्नुको प्रमुख कारण मानिएको छ ।
उनले यसैलाई आधार बनाएर मलेसियामा बसेर झुटा र भ्रामक पोष्ट गर्नेहरुलाई कारवाही गर्ने गरी कानुन निर्माणको तयारी गरेको बताए ।
केही समयअघि मलेसियाका आप्रबासी कामदार हेर्ने मन्त्रीले नेपालका म्यानपावर व्यवसायीसँगको भेटमा फेसबुकमार्फत मलेसियाका झुटा खबर फैलाउने विरुद्ध ‘साइबर क्राइम’ को मुद्दा चलाउने जानकारी दिएका थिए ।
यसैगरी म्यानपावर एजेन्टहरुले पनि युवालाई ‘मलेसिया नजान’ भन्न गरेकाले पनि युवा त्यता जान उत्साहित नभएको म्यानपावर ब्यवसायी बताउँछन् ।
‘गाउँबाट आउने युवालाई एजेन्टले पहिले नै मलेसियाका नजाने गरी ल्याएका हुन्छन् । त्यहाँ पठाउँदा असुरक्षा हुने एजेन्टहरुमा पनि भ्रम छ । त्यसैले अहिले आएको डिमान्ड पनि पेन्डिङ छ’ खनालले भने ।
महासंघका अध्यक्ष ढकाल भने फ्री भिसाको निर्णयको प्रभाव स्पष्ट देखिएको बताउँछन् । मलेसियाबाट माग घटेका कारण त्यहाँ जाने युवाको संख्या घट्दा विभिन्न बाहानामा ‘ट्रेन्ड’ अन्त मोडिएको उनको दावी छ ।
मुद्रा अवमूल्यनको असर
मलेसिया जाने कामदार घट्नुमा ब्यवसायीले भने जस्तो ‘असुरक्षाको हल्ला’ मात्र कारण नभएको विज्ञहरु बताउँछन् ।
पछिल्लो समयमा मलेसियामा देखिएको आर्थिक संकटले त्यहाँको मुद्रा कमजोर हुनु पनि नेपाली कामदारको आकर्षण घट्नुको प्रमुख कारण मानिएको छ ।
कुनैबेला एक मलेसियन रिंगेटको मूल्य ३२ रुपैयाँसम्म थियो । तर, पछिल्ला केही महिनामा २४ रुपैयाँसम्म झरेको थियो ।
अहिले केही उकासिएर २६ रुपैयाँको हाराहारीमा पुगेको छ । तलब नबढेको अवस्थमा मुद्रा अवमूल्यन हुँदा आम्दानी प्रभावित हुने डरले कामदार मलेसिया जान नचाहेको वैदेशिक रोजगार विभागले बताएको छ ।
नेपालको ३५ प्रतिशत रेमिट्यान्सको स्रोत मुलुक मलेसिया नेपालीको प्रमुख श्रम गन्तव्य बन्ने दौडबाट तेस्रोमा झरेको छ ।
जाने घटेको घट्यै
मलेसियामा आर्थिक मन्दी देखिएसँगै कतार र साउदीमा बढी नेपालीहरु जान थालेको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको सुरुवाती ५ महिनामा मलेसिया जाने नेपाली कामदारको संख्या झण्डै ३ गुणाले घटेको छ ।
एकातिर फ्री भिसा र फ्री टिकटको निर्णयका कारण मलेसियाबाट नेपाली कामदारको माग घट्दो छ भने आएका मागमा पनि कामदार पाउन निकै गाह्रो छ
केही वर्षदेखि नेपालीको मुख्य रोजगार गन्तव्यका रुपमा स्थापित भएको मलेसिया यो वर्ष तेस्रो गन्तव्यस्थल बनेको छ ।
साउनदेखि मंसिरसम्म ५४ हजार १ सय कामदार लगेको कतार पहिलो श्रम गन्तव्यका रुपमा देखिएको छ भने ५३ हजार ७ सय कामदार लगेको साउदी अरेबिया दोस्रो मुख्य श्रम गन्तव्य बनेको छ ।
महिनामा औषत २० हजार कामदार जाने मलेसियामा अहिले ६ हजारमा झरेको छ । गत वर्ष साउनदेखि मंसिरसम्म एक लाख ६ सय कामदार मलेसिया गएकोमा यो वर्ष यही अवधिमा ३१ हजार दुई सय जनामा सीमित भएको छ ।
समीक्षा अवधिमा अघिल्लो वर्षभन्दा यो वर्ष मलेसिया जाने कामदारको संख्या ६९ हजार ४ सय जना कम छ ।
साउनदेखि नै मलेसिया जाने कामदारको संख्यामा निरन्तर गिरावट जारी छ । मंसिरमा ९ हजार ५ सय कामदार मलेसिया गएकोमा भदौमा घटेर ६ हजार ७ सयमा आएको थियो ।
असोज र कात्तिकमा पनि मलेसिया जानेको संख्या घट्ने क्रम जारी रह्यो । असोज महिनामा ५ हजार ९ सय कामदार मलेसिया जाँदा कात्तिकमा ३ हजार १ सयमा सीमित बन्न पुग्यो ।
मंसिर महिनामा भने मलेसिया जान श्रम स्वीकृति लिनेको संख्या सामान्य बढेर ५ हजार ५ सय पुग्यो । तर, अघिल्लो वर्षको मंसिरकै तुलनामा यो संख्या झण्डै १६ हजारले कम हो । गत मंसिरमा २२ हजार कामदार मलेसिया गएका थिए ।
श्रम सम्झौतामा जोड
अब सरकारी तवरमा श्रम सम्झौता गरेर सबै किसिमबाट मलेसियालाई सुरक्षित रोजगार गन्तब्य भएको सन्देश दिन जरुरी भएको ब्यवसायीको भनाइ छ ।
मलेसियमा दक्ष कामदार लैजाने गरी सम्झौता हुनुपर्ने उनीहरुको माग छ । मलेसियासँग श्रम सम्झौताको प्रक्रिया अघि बढेपनि लामो समयदेखि त्यो अलपत्र परेको छ ।
मलेसियाले नेपालको बेवास्ताले सम्झौता नभएको बताउने गरेको छ भने नेपाली अधिकारी मलेसिया सरकारका कारण ढिलाई भएको आरोप लगाउँछन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment