भाडा नघटे आइतबारदेखि देशव्यापी संघर्ष: अखिल क्रान्तिकारी -

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


Ranjit-Tamang-and-Chandraman-Shresth

सरकारलाई शुक्रबारसम्मको अल्टिमेटम

१८ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सार्बजनिक यातायातमा विद्यार्थीहरुलाई ४५ प्रतिशत सहुलियत दिन र भाडा समायोजन गर्न सरकारलाई शुक्रबारसम्मको अल्टिमेटम दिएको छ । 
माग पूरा नभए आइतबारदेखि देशभर संघर्षमा जाने क्रान्तिकारीले चेतावनी दिएको छ ।
क्रान्तिकारीले सोमबार यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठलाई ३ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
अखिल क्रान्तिकारी उपाध्यक्ष रञ्जित तामाङका अनुसार यातायात व्यवस्था विभागका महानिर्देशक श्रेष्ठले भोलि नै यातायात व्यवसायीसँग यसबारे छलफल गरी चाँडोभन्दा चाँडो टुंगोमा पुग्ने प्रतिबद्धता जनाएका छन् ।
यसअघि क्रान्तिकारीले गृहमन्त्री शक्ति बस्नेत, आपूर्ति मन्त्री गणेशमान पुन र काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीलाई पनि ज्ञापनपत्र बुझाउँदै माग सम्वोधन गर्न भनेको थियो ।
क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङले भने, ‘विद्यार्थीलाई भाडामा ४५ प्रतिशत छुट दिने र पेट्रोलियम पदार्थमा ५ रुपैयाँभन्दा बढी मूल्य समायोजन भएमा सार्बजनिक यातायातको भाडा पनि समायोजन गर्ने सहमति कार्यान्वयन भएको छैन । शुक्रबारसम्ममा टुंगो लागेन भने आइतबारदेखि देशभर संघर्षमा जान्छौं ।’

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment