भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
२८ पुस, काठमाडौं । भारतको रक्सौलमा रोकिएका ग्यास बुलेट रि-रुट गरी
नेपाल भित्रिन सुरु भएको छ । सोमबार भैरहवाबाट
रि-रुट गरिएका २५ बुलेट ग्यास नेपाल आएको नेपाल आयल निगमले जनाएको छ ।
वीरगञ्जमा जारी
नाकाबन्दीका कारण रक्सौलमा रोकिएका २ सय ५६ मध्ये ८८ वटा बुलेटलाई रि-रुट गर्न भारतले अनुमति दिएको हो । रक्सौलमा
रोकिएपनि भन्सार नतिरिएका ८८ वटा बुलेटलाई रि-रुट गर्न
भारतले अनुमति दिएको थियो ।
आयल निगमले
रक्सौलमा रोकिएका सबै बुलेट रि-रुट गरेर ल्याउन पहल गरिरहेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरलाई
जानकारी दिए ।
‘अन्य भारतीय ग्यास डिपोबाट लोडिङ बढाउने
योजना छ । तर, पर्याप्त बुलेट नहुँदा समस्या भएको छ’ निगमका प्रवक्ता घिमिरेले भने-‘सकेसम्म धेरै ग्यास भित्राउन इन्डियन ग्यास ट्रान्सर्पोटरसँग छलफल भइरहेको छ । तर, बुटको संख्या कम हुँदा समस्या परेको छ ।’
नेपालमा झण्डै ४
सय ५० वटा भारतीय बुलेटले ग्यास ल्याउने गरेका छन् । जसमा झण्डै साँढे दुईसय बुलेट रक्सौलमा रोकिएपछि आधाले
मात्र ग्यास ओसारिरहेका छन् ।
भारतीय सुनौली, जोगबनी र रुपैडिहा भन्सारले पछिल्ला
दिनमा इन्धनका गाडीलाई सहज रुपमा प्रवेश गर्न दिएका छन् ।
रक्सौलमा रोकिएका ग्यास बुलेट सबै आएपछि अन्य ग्यास डिपोहरुबाट लोडिङ बढाउने योजना निगमको छ ।
रक्सौलमा रोकिएका ग्यास बुलेट सबै आएपछि अन्य ग्यास डिपोहरुबाट लोडिङ बढाउने योजना निगमको छ ।
भारतीय आयल
कर्पोरेशन पनि ग्यासको लोडिङ बढाउन तयार रहेको पनि बताएको छ । दैनिक रुपमा आयात भएका ग्यास समेत
परदर्शी वितरण नहुँदा उपभोक्ता पीडित भएका छन् ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

0 comments:
Post a Comment