त्रिभुवन विमानस्थलबाट चरेससहित एक विदेशी पक्राउ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



tia
२८ पुस, काठमाडौं । काठमाडौंबाट जेनेभा हुँदै दोहा जान लागेका एक इजरायली नागरिकलाई प्रहरीले अवैध लागुऔषधसहित चरेशसहित पक्राउ गरेको छ ।
राहदानी नम्बर २२३१७१५२ बाहक इजरायली नागरिक ५९ वर्षीय नोअम इनबारलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । उनको साथबाट ४८० ग्राम चरेश बरामद भएको छ । उनले नोटबुकको कभरभित्र राखी कम्मरमा लुकाई छिपाई चरेश लैजान लागेका थिए ।
यसैबीच मसियारी-१ पर्साबाट लागूऔषध चरेश बनाउने धुलो ४ किलो र लागूऔषध गाँजा १ किलो सोमबार प्रहरीले बरामद गरेको छ । सो ठाउँमा पुगेको इलाका प्रहरी कार्यालय पोखरियाको प्रहरीलाई देख्नासाथ अपरिचित १ जना ब्यक्तिले टाउकोमा बोकी ल्याएको पोका फालेर फरार भएपछि पोकाभित्र उक्त परिमाणको लागूऔषध फेला परेको हो ।
घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment